सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका सबै स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन केन्द्र


  •    न्युजभित्तो/२२ बैशाख २०७८, बुधबार १०:४२ 
  • भरतपुर, २२ वैशाख  । नयाँ भेरियन्टसहित पुनः तीव्ररूपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन् । दैनिकजसो कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि स्थानीय तह आवश्यक पूर्वतयारीमा जुटेका हुन् । जिल्लाका अस्पतालमा आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढिरहेका छन् । अस्पतालमा शय्या भरिन थालिसकेका छन् । यस्तो अवस्थामा कोरोना फैलिनबाट रोक्न जिल्ला प्रशासन कार्यालयले चितवनमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भए पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा छ ।

    बिरामीलाई शय्या अभाव हुन नदिनका लागि आइसालेशन तयार गर्न प्रशासन कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ । भरतपुर महानगरबाहेकका सबै स्थानीय तहले अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई लक्ष्य गरेर अक्सिजनसहितको आइसोलेशन शय्या तयार पारेका छन् । रत्ननगर नगरपालिकाले दुई ठाउँमा अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेको जनाएको छ । वडा नं १६ वडा कार्यालयको सभाहलमा २० शय्या र रत्ननगर अस्पतालमा आठ शय्याको आइसोलेशन केन्द्र तयार गरी सञ्चालनमा ल्याएको हो ।

    होम आइसोलेशनमा बस्ने वातावरण नभएका सङ्क्रमितलाई राख्ने गरी वडा कार्यालयको सभाहल र अस्पतालमा आइसोलेशन तयार गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो । उहाँले आइसोलेशनमा राख्न हाललाई जम्मा सातवटा अक्सिजन सिलिन्डर पाइएको बताउँदै अरु शय्यामा अक्सिजन खोजिरहेको बताउनुभयो ।

    उहाँले सामान्य अवस्थाका बिरामी होम आइसोलशनमै रहेको र जटिल नभएसम्म अस्पताल नआउन भनिएको बताउनुभयो । नगरपालिकाले तयार गरेको आइसोलशनमा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मी र औषधिको समेत व्यवस्था गरिएको छ । कोरोनाको दोस्रो लहर शुरू भएपछि वैशाख १ गतेयता रत्ननगरमा १०८ मा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये नौ जना अस्पतालमा उपचारत रहेको र ९९ होम आइसोलेशनमा रहेको नगरप्रमुख वनले बताउनुभयो ।

    राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले नगरपालिकाले भण्डारा अस्पतालमा अक्सिजनसहित ३० शय्याको आइसोलेशन कक्ष बनाएको बताउनुभयो । अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र आइसोलशनमा राखिने उहाँको भनाइ छ । सामान्य अवस्थाका बिरामीलाई सुरक्षा मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

    माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले पहिले बनाइएको २० शय्याको आइसोलशन कक्षलाई पुनः सरसफाइ गरेर तयारी अवस्थामा राखिएको बताउनुभयो । अक्सिजनसहितको सो आइसोलशन कक्ष माडी नगरपालिका–६ छरछरेमा छ । यस्तै छ शय्यासहितको कोरोना रोकथाम तथा नियन्त्रण अस्पतालसमेत बनाइएको नगरप्रमुख ढकालले जानकारी दिनुभयो ।

    खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले २४ शय्याको आइसोलेशन कक्ष तयार पारिएको बताउनुभयो । उहाँले वडा नं २ मा रहेको स्वास्थ्यचौकीमा १५ शय्या र वडा नं ९ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नौ शय्याको आइसोलशन बनाइएको जानकारी दिनुभयो । शय्यामा अक्सिजन राख्ने तयारी गरिरहेको उहाँको भनाइ थियो ।

    कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले कालिका अस्पतालमा नगरपालिकाले २० शय्याको आइसोलेशन कक्ष तयार पारिएको बताउनुभयो । उहाँले आइसोलेशनमा शय्या र अक्सिजन राखिसकिएको र अन्य सामग्री थप्दै जाने जानकारी दिनुभयो । उहाँले आइसोलेशनमा बिरामी आएमा तत्कालै राख्न सक्ने गरी तयारी गरिएको बताउनुभयो ।

    इच्छाकामना गाउँपालिकाकामा पनि ६० शय्याको आइसोलेशन कक्ष तयार भएको छ । स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाका अनुसार गाउँपालिकामा सामुदायिक भवन, सामुदायिक विद्यालय, गाउँपालिका परिसर, सामुदायिक प्रहरी भवन र इच्छाकामना कोरोना अस्थायी अस्पतालमा गरी ६० शय्याको आइसोलशन रहेको छ । हाललाई कोरोना अस्थायी अस्पतालमा १० शय्याको सुविधासम्पन्न आइसोलशन निर्माण गरिएको छ । यहाँ अक्सिजनसहित अन्य आधारभूत स्वास्थ्य उपकरण र औषधि रहेको सापकोटाले बताउनुभयो । अरु शय्यामा पनि अक्सिजनको व्यवस्था गर्दै लगिने उहाँको भनाइ छ ।

    भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले आइसोलेशन निर्माणका लागि सबै सरोकारवाला पक्षसँग छलफल गरिएको बताउनुभयो । मङ्गलबार चितवनमा रहेका सबै अस्पतालसँग सल्लाह लिन बैठक बसिएको जनाउँदै उहाँले अब कसरी अघि बढ्ने भन्नेबारे योजना बनाइने बताउनुभयो । पहिलो लहर फैलँदा भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्रमा कोभिड–१९ अस्पताल र बागीश्वरी प्राकृतिक चिकित्सालयमा आइसोलेशन कक्ष बनाएको महानगरले अब के गर्ने भन्ने कुनै ठोस निर्णय लिन सकेको छैन ।

    ट्राफिक प्रहरीलाई मास्क र स्यानिटाइजर

    नारायणगढ रोटरी क्लबले वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरलाई कोरोना रोकथामका सामग्री सहयोग गरेको छ । क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले मङ्गलबार ट्राफिक प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई कोरोना रोकथामका लागि आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष मनोज प्रधान, विज्ञानलाल श्रेष्ठ, राजेन्द्र ओली र सञ्जय श्रेष्ठ एवं उक्त कार्यालयका प्रहरी निरीक्षक मुनेन्द्र थापाको उपस्थिति थियो ।

    नेपालमा पुनः महामारीको रूपमा पैmलिरहेको कोरोनाको दोस्रो लहर र यसले सिर्जना गरेको कठिन परिस्थितिमा पनि दैनिकरूपमा अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने ट्राफिक प्रहरीको स्वास्थ्यलाई मध्यनजर गर्दै नारायणगढ रोटरी क्लबद्वारा उक्त कार्यालयका लागि ५०० थान फेस मास्क, १० लिटर स्यानिटाइजर र १२५ मिलिलिटरको स्प्रे बोटल वितरण गरिएको क्लबले जनाएको छ । सहयोग सामग्रमध्ये क्लबका पूर्वअध्यक्ष मनोज प्रधानले आप्mनो व्यावसायिक प्रतिष्ठान टाइम फर्मास्युटिकल्सबाट उत्पादित पाँच लिटर स्यानिटाइजर सौजन्य गरेको क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.