सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सङ्घ-संस्थालाई महामारी रोकथाममा सघाउन परिषद्को आग्रह


  •    न्युजभित्तो/२१ बैशाख २०७८, मंगलवार १५:११ 
  • काठमाडौँ, २१ वैशाख । समाज कल्याण परिषद्ले सामाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ-संस्थालाई आफ्नो चालु परियोजनाबाट निश्चित प्रतिशतसम्मको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहायता गर्न निर्देशन दिएको छ ।

    परिषद्सँग सम्झौता गरी वा स्वीकृति लिई सञ्चालन भइरहेका परियोजनाको कूल बजेटबाट रकमान्तर गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको प्राथमिकताका क्षेत्रमा उपचार सहायता गर्न आग्रह गरिएको हो ।

    ती संस्थाले अक्सिजन, सिलिन्डर, लिक्विड, भेन्टिलेटर, आइसियुलगायत सामग्रीमा सहायता गर्न सक्नेछन् । यसरी सहायता गर्दा रु पाँच करोडसम्मको परियोजना चलाएकाले २०, रु १० करोड भएकाले १५, रु २५ करोड भएकाले १०, रु ५० करोड भएकाले सात प्रतिशत र सोभन्दा माथिको परियोजना चलाउने संस्थाले पाँच प्रतिशतको सीमामा रही सहायता गर्न सक्नेछन् । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.