सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक


  •    न्युजभित्तो/२१ बैशाख २०७८, मंगलवार १६:१८ 
  • चितवन, २१ वैशाख । अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भए पनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको हो ।

    भरतपुर अस्पतालका अध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले पहिलो लहरमा ११० जना बिरामी भर्ना हुँदा २० जनालाई अक्सिजन लगाउनुपरेको तर अहिले भर्ना हुने सबैलाई अक्सिजन दिनु परेको बताउनुभयो । गत वर्ष उमेर बढी र दीर्घरोगीमा सङ्क्रमण बढी देखिएको भए पनि अहिले सबै उमेर समूह प्रभावित छन् । सामान्य अवस्थाका सङ्क्रमित घरमै बसेका छन् भने जटिल अवस्था आउनासाथ अस्पताल आउने गरेका छन् ।

    उहाँका अनुसार पहिलो लहरमा ‘माइल्ड’, ‘मोडरेट’ र ‘सिभर’ वर्गीकरण गरेर उपचार गरिएकामा अहिले एउटै बिरामी ४८ घण्टामा माइल्डबाट मोडरेट अनि सिभर भएर घरको आइसोलेशनबाट एचडियु हुँदै सघन उपचार कक्षमा सार्नुपरेको छ । जुनसुकै बेला सङ्क्रमितलाई अस्पताल भर्ना गरेर अक्सिजन दिनु परेको उहाँको भनाइ छ ।

    अस्पतालका कोभिड व्यवस्थापन समूहका संयोजक डा प्रमोद पौडेल कतिपयले घरमा समेत अक्सिजन लगाएको जानकारीमा आएको बताउनुहुन्छ । अस्पतालमा भर्ना भएका अधिकांशलाई अक्सिजन दिनुपरेको उहाँले जानकारी दिनुभयो । उहाँको भनाइमा अस्पतालमा रहेको हाइफ्लो नेजल क्यानुलाबाट समेत सङ्क्रमितलाई अक्सिजन दिइँदै आएको छ । भरतपुर अस्पतालमा यस्ता उपकरण १० वटा छन् । यसले एक मिनेटमा साठी लिटरसम्म अक्सिजन दिन सक्छ । पौडेलले भन्नुभयो, “हामीले अक्सिजन प्लान्टबाट सोझै क्यानुलामार्फत बिरामीलाई अक्सिजन दिने गरेका छौँ ।”

    अत्यधिक अक्सिजन आवश्यक पर्ने बिरामीलाई यस उपकरणमार्फत अक्सिजन दिइँदै आएको छ । साधारण लक्षण भएका सङ्क्रमित घरमै बस्ने र जटिल भएपछि मात्रै अस्पताल आउने प्रचलनका कारण आएका सबैलाई अक्सिजन दिनु परेको चिकित्सकहरु बताउँछन् ।

    चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल अस्पताल ल्याउनुपर्ने सङ्क्रमित एम्बुलेन्समै अक्सिजन लगाएर आएपछि नियमित अक्सिजन लगाउनुपर्ने अवस्था आएको बताउनुहुन्छ । पहिलो लहरमा अस्पतालमा आउने सङ्क्रमितमध्ये ९० प्रतिशत सामान्य थिए भने अहिले ९० प्रतिशत जटिल हुने गरेका छन् । ती सबैलाई अक्सिजनको सहायताले उपचार गर्नुपरेको छ ।

    जिल्लामा कोभिडको उपचार गर्ने भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस सबैको आफ्नै अक्सिजन प्लान्ट छ । तिनै प्लान्टबाट सेन्ट्रल सप्लाईमार्फत सङ्क्रमितलाई अक्सिजन दिइँदै आएको छ । तत्कालका लागि यहाँ अक्सिजनको अभाव भने नभएको चिकित्सकहरुले बताएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.