राष्ट्रिय
चितवन, १९ वैशाख । चितवनमा पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा २ सय २० नमुना परिक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकामा मात्रै...
काठमाडौं ,१९ वैशाख। नेकपा एमालेका नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ...
गोदावरी, १९ वैशाख । कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो । कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना...
दाङ,१९ वैशाख । यहाँको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना सङ्क्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण...
काठमाडौँ, १९ वैशाख । ‘डिजिटल नेपाल’ को आकाङ्क्षा पूरा गर्नका लागि स्थानीयवासीलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ । ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई भर्चुअल...
काठमाडौं,१९ वैशाख। लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने उद्देश्यले राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको खबर बाहिरिइरहँदा यसले कस्तो राजनीतिक मोड लिन्छ भन्नेतर्फ चासो बढिरहेको छ । यही बीचमा एमाले स्थायी कमिटीको बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास...
काठमाडौँ, १९ वैशाख । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आज कारबाही गरिएको हो । बजार अनुगमनका क्रममा खरीद...
नारायण अधिकारी चितवन, १९ वैशाख । मेडिकल सिटी’का रुपमा परिचित चितवनले कोरोना महामारीको अहिलेको समयमा २० भन्दा बढी जिल्लाको भार थेग्नु परेको छ । सामान्य अवस्थामा समेत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी उपचार गर्न आउने चितवनले अहिलेको कोरोना महामारीको समयमा...
काठमाडौं,१९ वैशाख। नगरपालिका भित्र कोरोनाका संक्रमित भेटिन थालेपछि धुलिखेल नगरपालिकाले १ हप्ताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ। नगरप्रमुख अशोक कुमार ब्याञ्जुले डिसीनेपालसँग कुरा गर्दै १ हप्ताका लागि सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिए। विश्वमा फैलिएको कोरोना महामारीको दोश्रो लहर...
चितवन, वैशाख १९ । चितवनमा कोरोनाका बिरामी बढेसँगै भरतपुर अस्पतालले कोरोनाको उपचारको लागि थप कर्मचारी माग गरेको छ । आज अस्पतालले विज्ञापन प्रकाशित गरेर पाचौं तहदेखि आठौं तहसम्मका कर्मचारी स्टाफ नर्सदेखि मेडिकल अधिकृतसम्म माग गरेको हो । अस्पतालले प्रकाशित गरेको विज्ञापनमा...











