सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुर्खेतमा ११ लाखको अवैध सुर्ती बरामद


  •    न्युजभित्तो/२२ बैशाख २०७८, बुधबार १०:५४ 
  • कर्णाली, २२ वैशाख । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैधरूपमा भित्र्याउँदै गरेको रु ११ लाखको अखाद्यवस्तु सुर्ती बरामद गरेको छ ।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ नयाँ भेरियन्टसहितको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक वस्तुबाहेक अन्य कुनै पनि वस्तु ढुवानी गर्न निषेध गरिएको अवस्थामा भित्र्याइएको अवैध तथा अखाद्य वस्तु सुर्खेत प्रहरीले बरामद गरेको हो ।

    ना४ख ७६५३ नंको मालबाहक ट्रकमा खाद्य तथा खुद्रा मालसामानभित्र राजश्व छली गरी ल्याइएको अवस्थामा मङ्गलबार अपराह्न गोल्डेन ब्राण्डको ९४ बोरा सुर्ती बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।“अवैधरूपमा अखाद्य सुर्तीजन्य पदार्थ लुकाइछिपाई राखी सुर्खेत जिल्ला भित्र्याउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा सो ट्रकको निगरानी ग¥यौँ”, उहाँले भन्नुभयो, “पछि सुर्खेत भित्रिने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना प्रहरी जाँचचौकीमा चालकसहित ट्रकलाई नियन्त्रणमा लिइयो ।” ट्रकभित्र रहेका सम्पूर्ण मालसामान अनलोड गरी रीतपूर्वक तलासी गर्दा खाद्यवस्तु दाल, चामल, निर्माण सामग्री पाइप, गाडीको टायरको बीच भागमा ९४ बोरा गोल्डन काली सुर्ती भेटिएको प्रनाउ घर्तीले बताउनुभयो ।

    बोरा खोलेर हेर्दा त्यसभित्र चार हजार ७०० पोका गोल्डेन काली नामक सुर्ती रहेकामा २८ पोकामा अन्तःशुल्क स्टिकर टाँसिएको र २२ पोका अन्तःशुल्क स्टिकर नभएको भेटिएपछि कर छली गरेको आशङ्का गर्दै बाँसगढी नगरपालिका–६ बर्दियाका २४ वर्षीय चालक भक्तबहादुर गुरुङको साथमा रहेको बिल हेर्दा दुई हजार ६०० पोकाको मात्र बिल भेटिएको उहाँले बताउनुभयो ।

    उक्त ट्रकमा लुकाइछिपाई दुई हजार १०० अर्थात् रु ११ लाखको गोल्डेन काली सुर्ती अवैध देखिन आएकाले गैरकानूनीरूपमा राजश्व छली गरी अखाद्यवस्तु सुर्ती ओसारपसारमा प्रयोग भएको ट्रकसहित चालक गुरुङलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.