राष्ट्रिय

पाँचौँपटक निषेधाज्ञा जारी
-न्युजभित्तो

महोत्तरी, १ असार । कोभिड–१९ महाव्याधिको सङ्क्रमण बढ्न नदिन महोत्तरीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख २२ गते पहिलोपटक जारी निषेधाज्ञा पटक–पटक अवधि थपिँदै अहिले पाँचौँपटक जारी गरिएको हो । गए मध्यरातदेखि लागू पछिल्लो निषेधाज्ञा...

आगामी आवका लागि कामपाको नीति कार्यक्रम ३ गते
-न्युजभित्तो

काठमाडौँ, १ असार  । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते बिहीबार प्रस्तुत गर्ने भएको छ । चालु आवमा जस्तै यस वर्ष पनि कोरोना महामारी नियन्त्रण र यसले पारेको प्रभावलाई सहजीकरण गर्ने...

दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग
-न्युजभित्तो

ओखलढुङ्गा, १ असार । पूर्वसांसद एवं नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जिल्लाका दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग प्रदान गर्नुभएको छ । रुम्जाटार अस्पताललाई १० सिलिण्डर र रानीवन अस्पताललाई पाँच सिलिण्डर अक्सिजन प्रदान गरिएको छ । त्यस्तै नेता खतिवडाले डा...

पहिरोका कारण मध्यपहाडी लोकमार्ग र बेनी मालढुङ्गा सडक अवरुद्ध
-न्युजभित्तो

म्याग्दी, १ असार । लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको...

जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय
-न्युजभित्तो

 काठमाडौं,३१ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही...

सुदूरपश्चिम प्रदेशको आगामी बजेट रु २९ अर्बको हाराहारीमा
-न्युजभित्तो

गोदावरी, ३१ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट असार १ गते ल्याउने भएको छ । प्रदेश सरकारले आगामी आवका लागि ल्याउने बजेट रु २९ अर्बको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ...

चितवनका दुई मेडिकल कलेजको आकस्मिक अनुगमन, निःशुल्क कोभिड उपचारको सूचि सार्वजनिक गर्न निर्देशन
-न्युजभित्तो

चितवन, ३१ जेठ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र चितवनले जिल्लाका दुई मेडिकल कलेजको आकस्मिक अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन अनुसार कोभिड–१९ संक्रमितको उपचार भए/नभएको बारेमा अनुगमन गरिएको हो । चितवन मेडिकल कलेज (सिएमसी) र कलेज...

हिंसात्मक अभिव्यक्ति दिने कांग्रेस सांसद वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग
-न्युजभित्तो

काठमाडौं, ३१ जेठ । नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ । उनीहरुले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी वैद्ययको अभिव्यक्तिप्रति...

बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने तयारीमा स्थानीय तह
-न्युजभित्तो

सर्लाही, ३१ जेठ । सर्लाहीका स्थानीय तह आर्थिक वर्ष २०७८-७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम जिल्लाका २० वटै...

नेप्से परिसूचक ३ हजारमाथि, झण्डै १९ अर्ब कारोबार
-न्युजभित्तो

काठमाडौं,३१ जेठ । नेप्से परिसूचकले आज तीन हजार विन्दु पार गरेको छ । आज १८ अर्ब ८८ करोड ४० लाख रूपैयाँको कारोबार भयो । आज नेप्से परिसूचक ४२.७२ अंकले बढ्दै ३,०२५.८३ विन्दुमा कारोबार बन्द भएको छ । खानीखोला हाइड्रोपावर, नेपाल...