राष्ट्रिय

झापामा असार मसान्तसम्म निषेधाज्ञा थप
-न्युजभित्तो

झापा,२१ असार । झापामा असार मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आज एक सुचना जारी गरि निषेधाज्ञा थप भएको जनाएका हुन । जिल्लामा कोरोना संक्रमण घट्दो क्रममा रहेपनि संक्रमणको जोखिम रहिरहेकाले निषेधाज्ञा थप...

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश
-न्युजभित्तो

काठमाडौँ, २१ असार । राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ सभासमक्ष पेश गर्नुभएको थियोे । त्यसैगरी राष्ट्रिय...

प्रन्याको प्रश्नः एमालेबाहेकको वैकल्पिक सरकार बन्न सक्छ ?
-न्युजभित्तो

काठमाडौँ, २१ असार । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा (एमाले) बाहेक वैकल्पिक सरकार बन्न सक्ने अवस्था भए वा नभएको प्रश्न इजलासमा गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा...

प्रधानमन्त्री ओलीमाथि विदेशी हस्तक्षेप आमन्त्रण गरेको नेता श्रेष्ठको आरोप
-न्युजभित्तो

काठमाडौं,२१ असार । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका छन् । सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको बताए । विदेशीको योजना र...

बाढीपहिराले बगेका विद्युत्का नहर पुनःनिर्माण
-न्युजभित्तो

बलेवा, २१ असार । गत वर्ष बाढीपहिराले बगाएका ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा लघुजलविद्युत् आयोजनामध्ये अधिकांशको नहर पुनःनिर्माण सम्पन्न भएका छन् । केही निर्माणाधीन छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गण्डकी प्रदेश सरकारको बजेटमा ती नहर पुनःनिर्माण...

पौडी खेल्न गएका दुई किशोर बेपत्ता
-न्युजभित्तो

पाँचथर,२१ असार । पाँचथरमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन् । पाँचथरको याङबरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना किशोरलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण...

चितवनमा कोरोना विरुद्धको खोपको दोस्रो मात्रा असार २२ र २३ गते
-न्युजभित्तो

चितवन, २१ असार । चितवनमा कोरोना विरुद्धको खोप भेरोसिल पहिरो मात्रा लगाएकाहरुलाई असार २२ र २३ गते दोस्रो मात्रा दिईने भएको छ । गत जेठ २५ देखि २७ गतेसम्म पहिलो मात्रा भेरोसिल खोप लगाएकाहरुलाई मात्रै दोस्रो खोप लगाउन लागिएको...

म्याराडोनाको फ्रिकिकको कीर्तिमान नजिक मेस्सी
-न्युजभित्तो

काठमाडौँ ,२१ असार । कोपा अमेरिकाको क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै लियोनेल मेस्सीले अर्जेन्टिनालाई जीत दिलाए । बार्सिलोनाका स्टार खेलाडीले उक्त खेलमा दुईवटा गोलको अवसर सिर्जना गरे भने खेलको अन्त्यमा फ्रिकिकबाट उत्कृष्ट गोल पनि गरे । रोचक कुरा, खेलको ९०...

साउनबाट कोरोना प्रभावित उद्योग व्यवसायलाई राहत दिने सरकारको तयारी ,
-न्युजभित्तो

काठमाडौँ, २१ असार । सरकारले कोरोनाको मारमा परेका उद्योग व्यवसायलाई पुनर्जीवन दिन साउनबाटै राहत तथा सहुलियत दिने तयारी गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेख भएको राहत तथा सहुलियत साउन लाग्ने वित्तिकै दिने गरी आफूहरूले तयारी गरिरहेको बताएका...

जुम्लाको कनकासुन्दरीमा सञ्चारको पहुँच
-न्युजभित्तो

खलङ्गा, २१ असार । जुम्लाको कनकासुन्दरीमा सञ्चारको पहुँच पुगेको छ । जुम्ला सदरमुकाम खलङ्गा पुग्न झण्डै एक दिन लाग्ने कनकासुन्दरी गाउँपालिकाका ग्रामीण बस्ती मालिकाबोला, लेकपुर, नेटा, चौथा, न्याउरीगाडलगायतका गाउँ स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् । मालिकाबोता र मर्फान्नामा नेपाल टेलिकमको...