सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय प्रसारण लाइन पुगेपछि कैलासवासी खुशी


  •    न्युजभित्तो/२५ असार २०७८, शुक्रबार १२:२७ 
  • बझाङ, २५ असार । साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ बदली हुँदा सोलार नबलेपछि फुफु गर्दै झरो बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ । सुनसान, एकान्त अनकन्टार ।

    न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन्, न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन् । यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको पिमी गाउँ भनेर चिनिने कैलाशका ३५० घुरधुरीमा अहिले केन्द्रीय प्रशारणबाट विद्युतीकरण भएको छ । जयपृथ्वी नगरपालिकाको दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।

    नगरपालिका भएको भए पनि वर्षौंदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका वडा नं १ कैलाश गाउँका प्रत्येक घरमा बिजुली बलेपछि उनीहरू खुशी भएका हुन् । जयपृथ्वी नगरपालिका–१, कैलाशका रवीन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताउनुभयो । विकले, भन्नुभयो, “गाउँमा बत्ती नभएर मोबाइल चार्ज नहुँदा सम्पर्कविहीन हुनुपथ्र्यो, अब त्यो समस्या हटेको छ । अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सजिलो भएको छ ।”

    बल्लतल्ल सडक पु¥याए पनि यहाँ केन्द्रीय प्रशारण लाइन पुग्न सकेको थिएन । नगरपालिकाका अरु वडाहरु र अन्य क्षेत्रमा बलेको बिजुली हेर्दै रात काट्ने यहाँका बासिन्दा आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि आफूलाई भाग्यमानी सम्झन्छन् । स्थानीयवासी ६२ वर्षीय केशवबहादुर सिंहले भन्नुभयो, “गाउँमा बिजुली बत्ती आउला र झलमल्ल उज्यालोमा बसौंला भन्ने आशाको त्यान्द्रो बनेको थियो । धेरैले हामीलाई आशा देखाउँथे, बत्ती वर्षौंसम्म आएन, हाम्रै पालामा बिजुली बालौंला भन्ने आशा पनि मर्न लागिसकेको थियो । आज गाउँमा बत्ती पुग्यो, साँच्चै खुशी लागेको छ ।”

    प्रसारण लाइन गत वैशाखमै पुयाएर जेठदेखि बाल्ने योजना भए पनि पोल गाड्न र तार तान्न ढिलाइ भएको वडाध्यक्ष गगनबहादुर सिंहले बताउनुभयो । गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थीलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्प्युटर चलाउन सजिलो भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.