सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषध गाँजा र ब्राउनसुगरसहित एकै दिन चार पक्राउ


  •    न्युजभित्तो/२५ असार २०७८, शुक्रबार ११:१२ 
  • लहान, २५ असार । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो ।
    गोप्य सूचनाका आधारमा गए राति खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा साढे छ किलो गाँजा र लागुऔषध ६०० स्पानो ट्याबलेट बरामद भएपछि महतोलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस्तै गए राति नै लागुऔषध ब्राउनसुगर (खैरोहिरोइन)सहित प्रहरीले गोलबजार नगरपालिका–६ गुम्बाचोक निवासी राकेशकुमार लामालाई पक्राउ गरेको छ ।
    लामाको साथबाट प्रहरीले २०० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको टोलीले घर नजिकैबाट लामालाई ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीको भनाइ छ । लामामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । त्यस्तै प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीबार साँझ लागुऔषधसहित जिल्लाको सखुवान्नकारकट्टि गाउँपालिका–४ खयरबोना निवासी सुनिल गिरीलाई पक्राउ गरेको छ ।
    भारतीय बजारबाट फर्किँदै गरेका बेला जाँच गर्दा गिरीको साथबाट नोरफीन १४ एम्पुल, फेनारगन १४ एम्पुल, डाइजी ल्याब १४ लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले गोलबजारबाट लागुऔषधसहित सप्तरीको बलानबिहुल गाउँपालिका घर भई सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी २५ वर्षीय प्रवीण शर्मालाई पक्राउ गरेको जनाएको छ । शर्माको साथबाट १०० पिस नाइट्रोभेट ट्याब्लेट बरामद भएको प्रहरीको कथन छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.