राष्ट्रिय

एक साता मनसुन सक्रिय रहने
-न्युजभित्तो

काठमााडौ, ७ भदौ । मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर...

बस्तीमै नेपाली सेनाको स्वास्थ्य शिविरपछि राउटे खुशी
-न्युजभित्तो

दाङ, ७ भदौ । “देशको शान्तिसुरक्षामा खटिने हाम्रो उपचारका लागि बस्तीमा आउनुभयो, औषधि दिनुभयो, खानका लागि दाल, चामल दिनुभयो हाम्रा जनता खुशी भएका छन्”, राउटेका मुखिया ४५ वर्षीय सूर्यनाराण शाहीले भन्नुभयो । नेपाली सेनाका १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका...

काँग्रेसमा संस्थापन इतर पक्षको सहमतीः साझा उम्मेदवार वनाएर महाधिबेशनमा जाने
-न्युजभित्तो

काठमााडौं, ७ भदौ । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले पार्टीको आसन्न महाधिवेशनमा सहमतिमा साझा उम्मेदवार उठाउने सहमति गरेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतर पक्षका सभापतिका आकाङ्क्षीहरुबीच भएको छलफलमा सो सहमति भएको हो । आजको बैठकमा सभापतिको आकाङ्क्षी रहेका...

समसामयिक विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौ, ७ भदौ । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा समाजले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि लाई...

कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाइँदै
-न्युजभित्तो

काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुुझाउने भएको छ । क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुुझाउन लागेको...

‘काउन्सिलिङ’ हुनु त यस्तो पो 
-न्युजभित्तो

चितवन, ७ भदौ । उपचारार्थ काठमाडौँ पुग्नुभएका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ ९परामर्श० बाट निकै प्रभावित हुनुभयो । सोह्र वर्षअघि नारायणगढका शहीदचोकमा प्रहरीको राइफलको कुन्दाले कुटिएर ढाडमा‘ट्युमर’ पलाएपछि उपचार गर्न उहाँ राजधानि छिर्नुभएको थियो । यसो त आफ्नै परिवारका सदस्य...

मकवानपुरबाट अपहरणमा परेका दुई युवालाई भारत पुर्‍याएर फिरौती माग, प्रहरीद्वारा सकुशल उद्दार
-न्युजभित्तो

मकवानपुर, ६ भदौ । अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको छ । उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका–९ स्वागत टोलका २३...

पोखराबाट सिमरा सिधा उडान सञ्चालन गरिने
-न्युजभित्तो

काठमाडौं,६ भदौं । प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौँबाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ । पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको...

पेट्रोलियम पदार्थ उत्खनन्मा चासो दिन अध्यक्ष ओलीको आग्रह
-न्युजभित्तो

काठमाडौं,६ भदौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गर्नुभएको छ ।उक्त उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने...

नेपालमा थप १,९२० जनामा कोरोना संक्रमण, २,२४८ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,६ भदौ । पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४...