सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काँग्रेसमा संस्थापन इतर पक्षको सहमतीः साझा उम्मेदवार वनाएर महाधिबेशनमा जाने


  •    न्युजभित्तो/७ भाद्र २०७८, सोमबार १३:४१ 
  • काठमााडौं, ७ भदौ । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले पार्टीको आसन्न महाधिवेशनमा सहमतिमा साझा उम्मेदवार उठाउने सहमति गरेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतर पक्षका सभापतिका आकाङ्क्षीहरुबीच भएको छलफलमा सो सहमति भएको हो ।

    आजको बैठकमा सभापतिको आकाङ्क्षी रहेका रामचन्द्र पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरू उपस्थिती थियो। नेताहरुबीचको छलफलमा १४ औँ महाधिवेशनमा संस्थापन इतरबाट सहमतिमा साझा उम्मेदवार तय गर्ने विषयमा सहमति नजिक पुगेको बैठकमा सहभागी बलबहादुर केसीले बताउनुभयो ।

    ​‘आगामी महाधिवेशनमा कसलाई उठाउँदा जित्न सकिन्छ, उनैलाई एकल उम्मेदवार बनाउने नेताहरूबीच सहमति नजिक पुगेको छ,’ उहाँले भन्नुभयो, “अब अर्को चरण बैठक बसेपछि कसलाई उठाउने भन्ने विषयमा विमर्श गरेर यसबारे ठोस टुङ्गो लाग्छ ।”

    त्यस्तै, क्रियाशील सदस्यता विवादको विषयमा आफू पक्षीय जिल्ला सभापतिहरुले राखेको मागलाई सम्बोधन हुने गरी समाधान खोज्नुपर्ने पनि निष्कर्ष निकालेको छ । “संस्थापन पक्षले क्रियाशील सदस्यतामा धाँधली गरेकोमा चनाखो हुनुपर्ने बैठकको निष्कर्ष छ । पार्टी कब्जा गरेर अघि बढ्ने तयारी गरिएको आभास भइरहेको छ । सजग भएर लाग्नुपर्छ,” उहाँले भन्नुभयो । बैठकले महाधिवेशन निष्पक्ष बनाउन जिम्मेवार भएर लाग्नुपर्ने पनि ठहर गरेको छ ।

    क्रियाशील सदस्यताको विषय टुङ्गो लगाउन कृष्ण सिटौला, मिनेन्द्र रिजाल, रमेश लेखेकबीच बैठक आज नै बस्दैछ । सो बैठकमा त्यही अनुसार कुरा राख्न मिनेन्द्र रिजाललाई जिम्मा दिइएको छ ।

    आजको बैठकमा सरकार सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल भएको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार शक्ति सन्तुलन मिलाएर मन्त्रालय बाँडफाँड गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने जिम्मा रामचन्द्र पौडेललाई दिइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.