सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘काउन्सिलिङ’ हुनु त यस्तो पो 


  •    न्युजभित्तो/७ भाद्र २०७८, सोमबार ०८:३३ 
  • चितवन, ७ भदौ । उपचारार्थ काठमाडौँ पुग्नुभएका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ ९परामर्श० बाट निकै प्रभावित हुनुभयो । सोह्र वर्षअघि नारायणगढका शहीदचोकमा प्रहरीको राइफलको कुन्दाले कुटिएर ढाडमा‘ट्युमर’ पलाएपछि उपचार गर्न उहाँ राजधानि छिर्नुभएको थियो । यसो त आफ्नै परिवारका सदस्य चिकित्सक भए पनि उहाँले यस किसिमको परामर्श जिल्लामा कहिल्यै पाउनुभएन ।

    उहाँ ढाडमा पलाएको ‘ट्युमर’को शल्यक्रिया गर्न वरिष्ठ स्पाइनल सर्जन डा विनोद बिजुक्छेकामा पुग्नुभयो । उपचारपछि निको भएर चितवन फर्किनुभएका तिवारी डा बिजुक्छेका परामर्शको व्याख्या गरेर नसकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो “चितवनमा यस्तो परामर्श कहाँ पाइन्छ र रु काठमाडौँमा अरुले के गर्छन थाहा भएन, उहाँको परमर्श सबै चिकित्सकले सिक्नुपर्छ ।”

    ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल उपनिर्देशकसमेत रहनुभएका डा बिजुक्छे अस्पतालमा वरिपरि चिकित्सकीय समूहसँगै बिरामी र उनका आफन्त राखेर शल्यक्रियापूर्व एक घण्टा हाराहारीमा परामर्श गर्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “हामी साना ठूला जस्तोसुकै शल्यक्रियापूर्व बिरामीको अवस्थाका बारेमा पूर्णरुपमा परामर्श दिने गर्छौं ।” उपचारमा गएका बिरामीलाई सबै कुरा बुझाउने चिकित्सकको कर्तव्य भएको उहाँको भनाइ छ । स्पाइनलसम्बन्धी ठूला शल्यक्रियाका लागि उहाँकहाँ बिरामी पुग्ने गर्दछन् । चिकित्सकका परामर्शमा कमजोर हुँदा अस्पतालमा धेरै समस्या आउने गरेको बताइएको छ ।

    सामान्यत ः उठी उठी बिरामी र उनका आफन्तलाई दुई चार शब्द भनेर औषधि लेखी पठाउँदा बिरामी अन्यौलमा पर्ने गर्दछन् । शल्यक्रियापूर्व राम्रो परामर्श नदिँदा शल्यक्रियाका क्रममा दुर्घटना भएमा अस्पताल तोडफोडका घटनासमेत बढ्दो छ । राम्रोसँग परामर्श नपाउँदा औषधि लिएर घर जाने पूर्ण विश्वस्त भएर जान सकिरहेका हुँदैनन् । एउटै चिकित्सकले एकै दिन १०० भन्दा बढी बिरामी परीक्षण गर्दा कस्तो परामर्श हुन्छ रु भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

    सरकारी अस्पतालमा थोरै चिकित्सकले धेरै बिरामी परीक्षण गर्नुपर्दा राम्रो परामर्श दिनै भ्याउँदैनन् । यसो त तिनै चिकित्सकले निजीमा पनि यस्तै व्यवहार गरेको गुनासो आउने गर्दछ । कतिपय चिकित्सक भने परामर्शलाई प्रमुख रुपमा लिने गर्दछन् ।

    वरिष्ठ मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाईं बिरामी र उनका आफन्तलाई राम्रोसँग परामर्श गर्न नसक्दा अस्पतालमा दुर्घटना हुने गरेको बताउनुहुन्छ । धेरै चिकित्सकले बिरामी र आफन्तलाई रोगका बारेमा राम्रोसँग नबुझाउने गरेको स्वीकार्दै उहाँले भन्नुभयो, “जस्तोसुकै रोगका बिरामी भए पनि हामीले राम्रोसँग बिरामी र आफन्तलाई बुझाउनै पर्छ ।”

    बिरामीको अवस्था यो छ, उपचार पछि यो हुन्छ भनेर प्रष्ट पार्न नसक्दा बिरामी र आफन्त असन्तुष्ट हुने गरेको उहाँको बुझाइ छ । उहाँंले भन्नुभयो, “बिरामीले बुझ्ने भाषामा चिकित्सकले परामर्श गर्नुपर्छ । जति गर्नुपर्ने हो हामीले गर्न सकेका छैनौँ ।” उपचारका लागि लाग्ने खर्चदेखि हुनसक्ने जटिलताका बारेमा समेत बुझाउनुपर्ने उहाँको भनाइ छ । चितवन मेडिकल कलेजमा कार्यरत डा सेढाईं सबै रोगमा परमर्शको जरुरी रहेकामा जोड दिनुहुन्छ ।

    भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालीदास अधिकारी चिकित्सकले भ्याएर पुगेसम्म परामर्श दिने गरेको दावी गर्नुहुन्छ । सरकारी अस्पतालमा धेरै बिरामी हेर्नुपर्दा पर्याप्त परामर्श दिन नसकिएको भने उहाँको स्वीकारोक्ति छ । परामर्श मात्रै होइन, धेरै कुराको अभाव सरकारी अस्पतालमा हुने गरेको अधिकारी बताउनुहुन्छ ।

    बुद्धिजीवी प्रेम रिमाल उपचार जीवन र मरणसँग सवाल भएकाले परामर्श राम्रो दिनुपर्ने बताउनुहुन्छ । युरोप, अमेरिकालगायतका देशले परामर्शलाई बढी जोड दिने गरेको भन्दै उहाँले भन्नुभयो, “यहाँको परामर्श कमजोर छ, चिकित्सकले मैले भनेपछि के भन्नुप¥यो भनेर बिरामीसँग भन्ने गर्दछन् ।” पुराना र गनिएका चिकित्सकको परामर्श कमजोर भएको भन्दै उहाँले नयाँ पुस्तामा परामर्शको विकास हुँदै गएको पनि बताउनुभयो । परामर्शलाई चिकित्सकले दायित्वका रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.