राजनीति

माओवादीको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरू
-न्युजभित्तो

काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरू भएको छ। काठमाडौंको धुम्बाराहीस्थित दरबार ब्यांक्वेटमा दोस्रो दिनको बैठक सुरू भएको हो। आजको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्। प्रचण्डले आइतबारको बैठकमा ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पःआजको आवश्यकता’...

‘मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’
-न्युजभित्तो

गण्डकी, २१ पुस । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभएको छ । कोपिला नेपालद्वारा आयोजित ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव ओसारपसारकाविरुद्ध तीन दिवसीय क्षेत्रीय सम्मेलन’ को आज पोखरामा...

संसद् भंग गर्ने काम स्वीकार्य हुन सक्दैनः प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं, २१ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित संसद् भंग गर्ने कार्य कुनै पनि अर्थमा स्वीकार्य नहुने बताएका छन् । आइतबारदेखि सुरु पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले म्यानमारको सन्दर्भमा...

क्षतिको मूल्याङ्कन र पुनःनिर्माण तीव्र रुपमा अगाडि बढ्छः गृहमन्त्री लेखक
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्र गतिमा अघि बढेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा गृहमन्त्री लेखकले विपद्बाट भएको क्षतिको मूल्याङ्कन र पुनःनिर्माण तीव्र रुपमा...

जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै
-न्युजभित्तो

महेन्द्रनगर (धनुषा), २१ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताउनुभएको छ । आजदेखि जनकपुरधाममा सुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले सोमबार राष्ट्रिय...

एमालेको केन्द्रीय कमिटी बैठक देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन्: प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएका बताउनुभएको छ । आजदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ: प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभएको छ । कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘सी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र...

परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली
-न्युजभित्तो

काठमाडौँ, १९ पुस । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । मन्त्री डा राणा शुक्रबार काठमाडौँस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति एवं नोबेल शान्ति पुरस्कार विजेता...

वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध काम गर्न सकेन: प्रचण्ड
-न्युजभित्तो

काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनका लागि आदर्शका...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि
-न्युजभित्तो

काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो १२ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा सुरू हुने प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए। आउँदो पुस २१ गतेदेखि सुरू हुने पार्टीको केन्द्रीय कमिटी बैठकका...