सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामाजिक सञ्जाल मार्फत प्रमुख प्रशासकीय अधिकृतले मागे माफी


  •    न्युजभित्तो/२० चैत्र २०८१, बिहीबार १६:४७ 
  • दाङ, २१ चैत । बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले माफी मागेका छन्। आज (बिहीबार) दिउँसो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अधिकृत दीपककुमार आचार्यले सार्वजनिक रूपमै माफी मागेका हुन्।

    उनले यसअघि आफूले सामाजिक सञ्जालमा लेखेका कुराहरू गलत भएको भन्दै आफै खण्डन गर्दै माफी मागेका छन्।

    मंगलबार दिउँसै मदिराले मातेर कार्यालयमा आएर उपमेयरको कार्यकक्षमा प्रवेश गरी झैझगडामा उत्रिएपछि प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित तीन जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। मापसे जाँचमा प्रमुख प्रशासकीय अधिकृतको मात्रै मापसे पुष्टि भएको थियो।

    प्रहरीले पक्राउ गरेपछि पनि मदिराले मातेका प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मेयर छबिलाल थारूले पावर टिलर खरिदमा ठेकेदारसँग पाँच लाख नपाएको झोंकमा आफूमाथि हर्कत गरिएको दोष लगाएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.