सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न


  •    न्युजभित्तो/२१ चैत्र २०८१, शुक्रबार १६:३० 
  • चितवन, २२ चैत । भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिकमा भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । शुक्रबार भरतपुर महानगरपालिकाको परिसरमा भएको सार्वजनिक सुनुवाईमा वडावासीहरुले भरतपुरमा भएको विकासको प्रसंशा गरे । उनीहरुले महानगरले थप सुशासन गर्नुपर्ने र अति आवश्यक योजनालाई अगाडि बढाउनुपर्नेमा सुझाव पनि दिएका थिए ।

    महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले ४ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दोस्रो चौमासिकमा गौतमबुद्ध रंगशाला, महानगर प्रशासकीय भवन, पुङ्गी खोला, सिटीहल, केरुङ्गा नाला सौन्दर्यकरण, मेशजाली फाउण्डेशन, ६ लेन सडक,फोहरमैला व्यवस्थापन, उज्यालो भरतपुर कार्यक्रमलगायतको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकलाई प्रश्नको उत्तर दिदै प्रमुख रेनु दाहालले भरतपुरमा अल्पकालिन, मध्यकालिन र दीर्घकालिन महत्वका योजनाहरु एक साथ अघि बढाएको उल्लेख गर्नुभयो । प्रमुख दाहालले अबको बाँकी कार्यकालमा धेरै कामहरु अगाडि बढ्ने र भरतपुरवासीलाई सन्तुष्ट बनाउने प्रयासमा महानगर अघि बढ्ने उहाँको भनाई थियो ।

    प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तरलगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताउनुभयो। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउदै उहाँले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनु पर्ने बताउनुभयो।

    कार्यक्रममा दोस्रो चौमासिक प्रगति प्रतिवेदन पेश गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक वर्ष ०८१/०८२ को विनियोजित ६ अर्ब ५६ करोड १ लाख ४३ हजार रहेकोमा रु १ अर्ब ९९ करोड खर्च भएको उल्लेख गर्नुभयो ।यो बजेटको ३६ दशमलव ४९ प्रतिशत हो । यसैगरी महानगरले आर्थिक वर्ष ०८१/०८२ को लागि रु १ अर्ब ८० करोड राजस्व संकलनको लक्ष्य लिएकोमा रु ७७ करोड १७ लाख ५४ हजार १३७ रुपैयाँ संकलन गरेको छ । जुन लक्ष्यको ४३ प्रतिशत हो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले महानगरले जनमुखी भई नागरिकलाई सन्तुष्ट पार्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.