सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डा शाक्यलाई ‘आइपियु’को दिगो विकास स्थायी समिति सदस्यमा जिताउन सभामुखको आग्रह


  •    न्युजभित्तो/२१ चैत्र २०८१, शुक्रबार १६:१६ 
  • काठमाडौँ, २२ चैत । सभामुख देवराज घिमिरेले राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यलाई अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु) को दिगो विकास स्थायी समितिको सदस्य पदमा जिताउन पहल गर्नुभएको छ । घिमिरेले समितिमा रहेका ३५ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    सभामुख घिमिरे र सांसद डा शाक्यसहितको प्रतिनिधिमण्डल अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन आजै उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेको छ ।

    अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा र असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलन चैत २३ देखि २७ गतेसम्म ताश्केन्टमा हुँदैछ । सांसद शाक्यले त्यहाँ महिला सांसदहरूको मञ्चमा सहभागिता जनाउने कार्यक्रम छ । शाक्यले त्यहाँ दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रका तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम छ ।

    उहाँ राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजकसमेत हुनुहुन्छ । शाक्यकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ । उहाँ संयोजक रहेको उपसमितिले पटक–पटक विभिन्न मन्त्रालय, सरोकार भएका निकाय र निजी क्षेत्रसँग छलफल गरी उक्त प्रतिवेदन तयार गरेको थियो ।

    दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गर्नुभएकी शाक्यले अन्तरराष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा सभामुखले पनि लिएको उहाँको सचिवालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.