समाज

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा
-न्युजभित्तो

चितवन, १४ साउन । नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आएको छ । बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको सडकखण्ड सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको थियो ।...

चितवनमा इन्धनबाट चल्ने अटो रिक्साले विस्थापित गर्‍यो पाइडल रिक्सा
-न्युजभित्तो

चितवन,१४ साउन । कुनै समय चितवनको मुख्य बजार नारायणगढ र भरतपुरको सडकमा यत्रतत्र गुड्ने पाइडल रिक्सा अहिले देख्न पाइदैन । साँझ होस् या बिहान, राति होस् वा दिउँसो, जुनसुकै समयमा पनि यात्रुको प्रतीक्षामा सडकका चोक–चोकमा भेटिने पाइडल रिक्सा अहिले...

प्राङ्गारिक खेती अभियानमा चितवनका छवि न्यौपाने
-न्युजभित्तो

चितवन,१४ साउन । यहाँका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोड्नुभएको हो ।न्यौपानेले भरतपुर–२५ मा नौ बिघा र वडा नं २८...

मदिरा सेवन गरेर युवतीसँगको भिडियो बाहिरिएपछि प्रशासकीय अधिकृत विवादमा
-न्युजभित्तो

विराटनगर,१४ साउन । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला विवादमा तानिएका छन् । मदिरा सेवन गरेर अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियो सार्वजनिक भएपछि मदिरा सेवन गर्दै एक युवतीसँग अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा देखिएपछि निरौला विवादमा तानिएका हुन् । टिकटक...

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि अवरुद्ध
-न्युजभित्तो

चितवन,१४ साउन । पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले पानी परिरहेकाले पहिरो...

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पक्राउ
-न्युजभित्तो

काठमाडौं, १२ साउन । बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका...

बागमती प्रदेशमा घट्यो सार्वजनिक सवारीको भाडा
-न्युजभित्तो

चितवन,११ साउन । वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार भाडा घटाएको जानकारी दिएको हो । नयाँ भाडादरअनुसार नारायणगढ–काठमाडौं सार्वजनिक सवारीसाधनको भाडा १० रुपैयाँले घटेको छ । अहिले नयाँ भाडादर ४२१...

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु
-न्युजभित्तो

रोल्पा,११ साउन । यहाँका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो । सूचना केन्द्रमा प्राप्त मुद्दाका आधारमा मृत्युको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक...

एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ
-न्युजभित्तो

जलेश्वर,११ श्रावण। महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार...

भरतपुर महानगरपालिकाले माग्यो द्वन्द्वकालमा बुबाआमा गुमाएका बालबालिकाहरुको विवरण
-न्युजभित्तो

चितवन,१० असार । भरतपुर महानगरपालिकाले द्वन्द्वकालमा बुबाआमा गुमाएका बालबालिकाको विवरण माग गरेको छ । भरतपुरको शैक्षिक प्रशासन महाशाखाले महानगरभित्रका संस्थागत र सामुदायिक विद्यालयहरुलाई पत्र लेखी ‘बालबालिका पुर्नस्थापना कार्यक्रम–२०६८’ अनुसार सो विवरण माग गरेको हो । द्वन्द्वको क्रममा आमाबुबा गुमाएका बालबालिकाहरुलाई मासिक...