सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा इन्धनबाट चल्ने अटो रिक्साले विस्थापित गर्‍यो पाइडल रिक्सा


  •    न्युजभित्तो/१४ श्रावण २०८०, आईतवार १६:४९ 
  • चितवन,१४ साउन । कुनै समय चितवनको मुख्य बजार नारायणगढ र भरतपुरको सडकमा यत्रतत्र गुड्ने पाइडल रिक्सा अहिले देख्न पाइदैन । साँझ होस् या बिहान, राति होस् वा दिउँसो, जुनसुकै समयमा पनि यात्रुको प्रतीक्षामा सडकका चोक–चोकमा भेटिने पाइडल रिक्सा अहिले खोज्दा पनि नभेटिने अवस्थामा पुगेका छन् । साँघुरा सडक र ठूला सवारीसाधन नजाने बाटोमा यात्रुको सहारा बन्ने गरेका यस्ता रिक्सा विगत पाँच/सात वर्षदेखि भरतपुर तथा नारायणगढ बजारमा देखिन छाडिएका छन् । मानव श्रमबाट चल्ने वातावरणमैत्री पाइडल रिक्सा अहिले लोप भएका छन् । पाइडल रिक्सालाई ब्याट्रिबाट चल्ने इलेक्ट्रिक रिक्सा र इन्धनबाट चल्ने अटो रिक्साले विस्थापित गरेको हो ।

    भरतपुर महानगरपालिका–९ का मैतलाल गुरुङले २०३५ सालमा पहिलोपटक पाइडल रिक्सा यहाँ भित्र्याउनु भएको थियो । तत्कालीन समयमा भरतपुरमा साइकल पसल सञ्चालन गर्नुभएका गुरुङले यस क्षेत्रमा यातायात सहज बनाउने उद्देश्यले भारतीय सिमावर्ती बजार रक्सौलबाट १० चालकसहितका रिक्सा ल्याई सञ्चालन गर्नुभएको थियो । उहाँले दैनिक भाडामा साइकल दिँदै गर्दा यहाँ रिक्सा पनि ल्याएर भाडामा दिन सकिने सोच बनाउँदै रिक्सा ल्याउनु भएको थियो ।

    गुरुङले भन्नुभयो– “सुरुआतमा रिक्सा ल्याउँदा ब्लुबुकसमेत दिने गरिन्थ्यो ।” साइकल व्यवसायमा रिक्सा थपेपछि व्यापार अझ उकासिन्छ भनेर रिक्सा खरिद गरेर ल्याएको उहाँले बताउनुभयो । सो समयमा प्रति रिक्सा रु सात सयका दरले किनेर चितवन ल्याएको गुरुङले स्मरण गर्नुभयो । त्यसपछि क्रमशः नारायणगढका अन्य व्यापारीले पनि रिक्सा ल्याउने क्रम बढ्दै गएको उहाँको भनाइ छ । बजारमा अन्य व्यवसायीले पनि रिक्सा ल्याएर भाडामा दिने क्रम बढेपछि आफूले साइकल पसल र त्यो व्यवसाय नै छाडेको गुरुङले बताउनुभयो ।

    उहाँ भन्नुहुन्छ– “मैले ल्याएका रिक्सा पनि बजारका व्यापारीलाई सुम्पेर अन्य व्यवसायमा लागेँ ।” पाइडल रिक्सा व्यवसायको सुरुवात गर्ने ८५ वर्षीय गुरुङलाई अहिले आएका वैकल्पिक सवारीसाधनको कारणले रिक्सा लोप हुँदा त्यति खुसी भने लागेको छैन । उहाँले भन्नुभयो “बिना इन्धन चल्ने रिक्सा जतिको सहज सवारीसाधन अहिलेका सवारी छैनन् ।”

    विगत ४० वर्षदेखि नारायणगढमा रिक्सा चलाउँदै आउनुभएका छोटेलाल चौधरी अहिले पनि कहिलेकाहीँ पाइडल रिक्सा रिक्सा चलाउनुहुन्छ । उहाँ आफ्नो व्यक्तिगत कामका लागि मात्रै पाइडल रिक्सा चलाउनुहुन्छ ।

    “यात्रु चढ्न छाडेपछि आफ्नै कामका लागि प्रयोग गर्ने गरेको छु”, ६० वर्षीय चौधरीले भन्नुभयो– “सबै साथीहरुले रिक्सालाई ठेलामा परिणत गरेर सामान बोक्ने गरेका छन्, तर मलाई त्यसो गर्न मन लागेन ।” आफ्नो परिवारका सदस्यलाई नजिकको यात्राका लागि पाइडल रिक्सा प्रयोग गर्ने गरिएको चौधरीको भनाइ छ ।

    नारायणगढका रिक्सा ग्यारेज सञ्चालक राजकिशोर चौधरीले बजारमा पाइडल रिक्सा नचलेपछि आफ्नो ग्यारेजमा भएका रिक्सालाई सामान बोक्ने ठेला बनाएर भाडामा लगाउँदै आएको बताउनुभयो । उहाँ अटो रिक्सा पनि चलाउँदै आउनुभएको छ । विसं २०७२ मा चितवनमा ई–रिक्सा भित्रिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.