समाज

बलात्कार आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ
-न्युजभित्तो

विराटनगर,३ भदौ । बलात्कारको आरोपमा प्रहरीले नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङलाई पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका-१० घर भएका ३४ वर्षीय तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । एक २०...

खटिरे रोगले कागती किसान समस्यामा
-न्युजभित्तो

सनद अधिकारी, नारायणगढ, १ भदौ । विगत तीन वर्षदेखि पूर्वी चितवनमा कागतीखेती गर्दै आएका प्रेम कँडेल कागतीमा रोग देखिएपछि चिन्तित बन्नुभएको छ । उत्पादन दिने समयमा समस्या देखिएसँगै उत्पादित कागतीले बजार पाउन नसकेको उहाँले बताउनुभयो । राप्ती नगरपालिका–७ मा कागतीखेती गर्दै...

तरकारी बजारले बदलियो चितवन फिस्लिङको पहिचान
-न्युजभित्तो

भरतपुर,१ भदौ । पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ । यतिबेला वर्षायाम हुँदा राजमार्गसँग जोडिएका कतिपय...

चितवनबाट एमबीबीएसका एक विद्यार्थी पक्राउ
-न्युजभित्तो

चितवन,१ भदौ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थीलाई चितवनबाट पक्राउ गरेको छ । सीआईबीले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज–७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाडौं लगिँदै छ...

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा
-न्युजभित्तो

काठमाडौँ,३२ साउन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्धमुद्धाको आज सुनुवाइका लागि न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा पेसी तोकिएको हो । काठमाडौँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश खतिवडामा अन्तिम सुनुवाइका...

टिकौली जंगलमा आठ सवारी एकै ठाउँमा ठोक्किंदा २० घाईते
-न्युजभित्तो

चितवन,३१ साउन। जिल्लाको टिकौली जंगलमा आठ वटा सवारी साधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ९ स्थित टिकौली जंगलमा आज दिउँसो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ...

बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई संरक्षण गर्न खोजेको भन्दै राजमार्ग अवरुद्ध
-न्युजभित्तो

काठमाडौं,३१ साउन। धनुषामा एक प्रहरी जवानमाथि बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। लालगढ प्रहरी चौकीका जवान रुपेश चौधरीले मंगलबार राति करिब १० बजेतिर स्थानीय १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले धनुषाले जनाएको छ। मदिरा सेवन गरेर...

जहाजको पर्खाइमा चार बालकले ज्यान गुमाए
-न्युजभित्तो

सिमकोट (हुम्ला),३१ साउन । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका...

भरतपुर–बर्दघाट दुई सय २० केभी प्रसारण लाइन निर्माण सम्पन्न
-न्युजभित्तो

चितवन,३० साउन।  पूर्वको बिजुली पश्चिम नेपाल लैजान महत्वपूर्ण मानिएको भरतपुर–बर्दघाट दुई सय २० किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको सो प्रसारण लाइन निर्माणमा लामो समयदेखि समस्यामा थियो...

कृषि पेसामा जमेका इच्छाकामनाका शिव, मासिक आम्दानी डेढ लाख
-न्युजभित्तो

भरतपुर,३० साउन। नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुनुहुन्छ चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उहाँले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले मासिक रु एकदेखि...