समाज
काठमाडौं, २७ साउन । सुनसरीमा छोरीको हत्या आरोपमा काका पक्राउ परेका छन्। नवराज लुइँटेलकी १८ महिनाकी छोरी आईन्सु लुइँटेलको हत्या आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका-५पचरूखी बस्ने ३० वर्षीय सालिग्राम लुइँटेल पक्राउ परेका गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले...
बिर्तामोड, २७ साउन । झापाको हल्दिबारीमा डेंगु संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । उनको शुक्रबार दिउँसो मृत्यु भएको हो । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका बिमला दाहाल पौडेलको डेंगु संक्रमण भएर...
भोजपुर, २७ साउन । इर्खुवाखोलामा साउन १६ गते आएको बाढीले सडक बगाउँदा साल्पासिलिछो गाउँपालिकामा आवतजावतमा समस्या भएको छ । बाढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाकखण्डको २० किलोमिटर सडक विभिन्न ठाउँमा बगाएको थियो । बाढीबाट पुललगायतका अन्य संरचनामा पनि...
चितवन, २७ साउन । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ । निर्माणमा...
गोरखा, २७ साउन । धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको हो । लायन्स क्लब इन्टरनेशनलका अनुसार पहिरोपीडित ५५ परिवारलाई राहत सामग्री वितरण गरिएको...
दमौली (तनहुँ), २७ साउन । ऋषिङ गाउँपालिका निवासी मिर्गौलापीडित पूर्णलाल नेपालीलाई रु तीन लाख ६६ हजार पाँच सय ७८ हस्तान्तरण गरिएको छ । ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैको अगुवाइमा सङ्कलन भएको उक्त रकम शनिबार निजलाई हस्तान्तरण गरिएको हो । आर्थिक...
विराटनगर, २७ साउन । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणभित्रको बदमासी बाहिरिने डरले केही व्यक्ति आत्तिएको बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले वर्षौंदेखि विद्युत् प्राधिकरणभित्र भएका बदमासी बाहिरिने डरले केही व्यक्ति आत्तिएर आफूविरुद्ध अनर्गल प्रचारमा उत्रिएको दाबी...
राँझा (बाँके), २५ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको आज उद्घाटन गर्दै उहाँले अहिलेको पहिलो...
पाल्हीनन्दन (नवलपरासी), २५ साउन । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन् । वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहनुभएका प्रतापपुर गाउँपालिका–७ का ३७...
चितवन, २५ साउन । चितवनको भरतपुर–११ मा रहेको युनाइटेड टेक्निकल कलेज (युटेक) ले स्नातक र स्नातकोत्तर तहमा चितवनमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । यसै शैक्षिक सत्रबाट कलेजले पोखरा विश्वविद्यालयको ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई...












