समाज

वाल्मीकि आश्रम जोड्ने नारायणी नदीमा झोलुङ्गे पुल सञ्चालन
-न्युजभित्तो

त्रिवेणी (नवलपरासी), २९ साउन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामाकरण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि...

डेङ्गी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता
-न्युजभित्तो

काठमाडौँ, २९ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागमा हैजा तथा डेङ्गीको सङ्क्रमण देखिन थालेपछि यसलाई महामारीका रुपमा बढ्न नदिन काम थालेको छ । मन्त्री प्रदीप पौडेलले डेङ्गी तथा हैजाका बिरामी बढ्न थालेपछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम...

सिम्रौनगढका एकै घरका तीन बालबालिकाको विशाक्त खानाले मृत्यु
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २९ साउन । बाराको सिम्रौनगढ नगरपालिका–७ झवानीका टोलका नरेश रामका तीन छोराछोरीको विशाक्त खाना (फुड पोइजनिङ)का कारणले मृत्यु भएको छ । बारा प्रहरीका अनुसार फुड पोइजनिङका कारणले तीनको मृत्यु भएको आशङ्का गरिएको छ । मृत्यु हुनेमा सात वर्षीया...

मोरङको बेलबारीमा हात्तीको छावा मृत भेटियो
-न्युजभित्तो

मोरङ, २९ साउन । बेलबारी–३ करमडाँडामा अन्दाजी तीनदेखि चार वर्षको हात्तीको छावा मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज बिहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । छावाको...

मासिक ७० हजार कमाई हुने भन्दै प्रलोभन देखाई मानब बेचबिखन गरेको आरोपमा एकजना पक्राउ
-न्युजभित्तो

काठमाडौं, २९ साउन । मानब बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मानब बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको गौरीघाटबाट मानब बेचबिखन गरेको आरोपमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरेको हो । एसपी गौतम मिश्रका अनुसार...

प्रेस चौतारीको भवन निर्माणका लागि सेन्ट्रल कलेजबाट २ लाख सहयोग
-न्युजभित्तो

चितवन, २९ साउन । प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नारायणगढमा रहेको सेन्ट्रल कलेजले २ लाख रुपैयाँ सहयोग गरेको छ । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको भवनका लागि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडे्लले कलेजको १६ औं बार्षिकोत्सवका...

खोलाले बगाएर बेपत्ता भएकी साढे २ वर्षीय बालिकाको शव फेला
-न्युजभित्तो

ललितपुर, २९ साउन । ललितपुरमा खोलाले बगाएर बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ । आइतबारदेखि हराइरहेकी साढे २ वर्षीय प्रिन्सिका भण्डारीको शव सोमबार फेला परेको हो । काभ्रे पनौती घर भएकी प्रमीला भण्डारीकी छोरी प्रन्सिकालाई कोन्जोसोम गाउँपालिका-३ सिलिङगेबेसीको...

कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा
-न्युजभित्तो

कैलाली, २९ साउन । कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएका छन् । यसले अब कक्षा १ देखि ३ सम्म प्रश्नपत्रबिनै निरन्तर मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन हुनेछ । कैलालीको टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १...

विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी
-न्युजभित्तो

स्वर्गद्वारी (प्युठान), २९ साउन । पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ । जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन । केही त...

मध्यवर्ती क्षेत्रका किसानलाई अन्नबाली जोगाउन मुस्किल
-न्युजभित्तो

राँझा (बाँके), २९ साउन । राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानलाई वन्यजन्तुबाट अन्नबाली जोगाउनै मुस्किल हुने गरेको छ । दिउँसोका समयमा बाँदर र रातिमा बँदेल खेतबारीमा पसेर अन्नबाली नष्ट पार्न थालेपछि यहाँका किसान चिन्तित छन् । वन्यजन्तु समस्याका कारण मध्यवर्ती...