समाज
काठमाडौँ, २५ भदौ । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता गरिइएको हो । आज...
नेपालगञ्ज, २५ भदौ । बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिनुभयो । उहाँले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको...
बाँके, २५ भदौ । नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको...
काठमाडौं, २५ भदौ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–४ मा एक महिला मृत फेला परेकी छन्। आज बिहान पनौती नगरपालिका–४ दुधमिल पछाडि खेतको आली छेउमा उनको शव फेला परेको हो। मृतक बनेपा नगरपालिका–११ सल्ले घर भई सोही नगरपालिका– ४ डेरा गरी बस्ने...
काठमाडौँ, २४ भदौ । सांसद धवलशमशेर राणाले सरकारले बागमती नदी र त्यसका शाखा छेउछाउ २०/२० मिटर जग्गा छोड्नुपर्ने मापदण्ड लागू गर्दा काठमाडौँका अधिकांश जनता सुकुम्बासीमा परिणत हुनुे अवस्था आउनसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा आकस्मिक समयमाबोल्दै सांसद...
मुग्लिन (चितवन), २४ भदौ । चितवनका गुरुङ समुदाय भाषा संरक्षणमा जुटेका छन् । विभिन्न समयमा भाषा कक्षा सञ्चालन गरिरहेको गुरुङ समुदायको साझा संस्था तमू ह्यूल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्ले गुरुङ भाषा पाठ्यपुस्तक निर्माण गर्ने भएको हो । जिल्लामा बसोबास...
नवलपुर, २४ भदौ । महेन्द्र राजमार्ग फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले चोरमारा-अरुणखोला खण्डमा कालोपत्रको काम भइरहेको जनाएको छ । आइतबार राति अबेर एक सूचना प्रकाशन गरेर राजमार्ग निमार्ण अन्तर्गत अबको सबै काम चोरमारा अरुणखोला क्षेत्रमा केन्द्रित रहेर काम...
ढोरपाटन (बागलुङ), २४ भदौ । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो...
रुकुम, २४ भदौ । रुकुम पश्चिममा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक...
तुलसीपुर (दाङ), २४ भदौ । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताउनुभयो । निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबारमात्र उडान...















