सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ-बुटवल सडकको अरुणखोला चोरमारा खण्डमा कालोपत्र सुरु


  •    न्युजभित्तो/२४ भाद्र २०८१, सोमबार १४:५५ 
  • नवलपुर, २४ भदौ । महेन्द्र राजमार्ग फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले चोरमारा-अरुणखोला खण्डमा कालोपत्रको काम भइरहेको जनाएको छ ।

    आइतबार राति अबेर एक सूचना प्रकाशन गरेर राजमार्ग निमार्ण अन्तर्गत अबको सबै काम चोरमारा अरुणखोला क्षेत्रमा केन्द्रित रहेर काम सुरु गरेको जनाएको छ । चोरमारा अरुणखोला सडक खण्ड करिब १५ किलोमिटर छ । चोरमारादेखि दाउन्नेसम्मको करिब ३४ किलोमिटर क्षेत्रमा राजमार्ग भत्काएर छोडिएको छ । त्यहाँ खाल्डैखाल्डा र धुलाम्य सडक छ ।

    वर्षा भएको भन्दै गत जेठ पहिलो सातादेखि राजमार्ग निर्माणको काम रोकेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गत एक सातादेखि त्यो खण्डमा केन्द्रित भएर काम भइरहेको र चाँडै त्यो सडक कालोपत्रे गर्ने जनाएको छ । महेन्द्र राजमार्ग फारकिलो पार्ने काम ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले काम थालेको ६ वर्ष बितिसक्दा गत साउन मसान्तसम्म ५३ प्रतिशत मात्र काम गरेको छ ।

    चाडवाडमा धेरै सवारी ओहोरदोहोर गर्ने महेन्द्र राजमार्गको अवस्था बिजोग छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.