समाज

मकवानपुरमा दुई जनाको मृत्यु
-न्युजभित्तो

हेटौंडा,१४ मंसिर । मकवानपुरमा आज बिहान दुईवटा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । भुईंमा लत्रिएको तारबाट करेन्ट लागेर र अटो रिक्साको ठक्करबाट एक–एक जनाको मृत्यु भएको हो । मनहरी गाउँपालिका–८ दारिमबास घर भएका ३८ वर्षीय मंगल सिङ प्रजाको...

एकैदिन प्रतितोला एक हजार ६०० रूपैयाँले बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं, १४ मंसिर । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो। योसँगै आज सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार...

टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
-न्युजभित्तो

कैलाली, १४ मंसिर । स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गर्नुभएको छ । उहाँले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, पूर्वअध्यक्ष दीपक रावल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईलाई संयुक्त रूपमा बिहीबार दुई सय...

अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी
-न्युजभित्तो

खोटाङ, १४ मंसिर । खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । विद्यालयका प्रधानाध्यापक तेजकुमार राईका अनुसार नगरपालिको पहलमा ‘वेस्ट वाटर’ संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई...

गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा
-न्युजभित्तो

गोरखा, १४ मंसिर । सहिद लखन गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । अर्थाभावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले...

भरतपुर सबैभन्दा ‘प्रदूषित’, काठमाडौं ‘अस्वस्थकर’
-न्युजभित्तो

काठमाडौं, १३ मंसिर । वायुको गुणस्तरका आधारमा बिहीबार चितवनको भरतपुर नेपालको सबैभन्दा ‘प्रदूषित’ सहर बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको वातावरण विभागले जनाएको छ । सोही अवधिमा काठमाडौं उपत्यकाका रत्नपार्क र खुमलटारमा पनि...

पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
-न्युजभित्तो

रामपुर (पाल्पा), १३ मंसिर । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा...

उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित
-न्युजभित्तो

नवलपरासी, १३ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० नदवामा रहेका उद्योगको फोहर पानीले आसपासका क्षेत्र दुर्गन्धित बनेका छन् । उद्यागहरूबाट निस्किएको फोहरले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित बनेपछिे जिल्ला प्रशासन कार्यालय तथा रामग्राम नगरपालिकामा निवेदन दिइएको छ । पाल्हीनन्दन गाउँपालिका–६ का...

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), १३ मंसिर । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा एकै पटक पाँच वटा पुल निर्माण सुरु गरिएको छ । बागलुङको काठेखोलामा एउटा र पर्वतमा चार वटा पुल निर्माण थालिएको हो । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका अनुसार काठेखोला,...

भक्तपुरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
-न्युजभित्तो

भक्तपुर, १३ मङ्सिर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । यहाँबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते...