सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित


  •    न्युजभित्तो/१३ मंसिर २०८१, बिहीबार १४:५२ 
  • नवलपरासी, १३ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० नदवामा रहेका उद्योगको फोहर पानीले आसपासका क्षेत्र दुर्गन्धित बनेका छन् । उद्यागहरूबाट निस्किएको फोहरले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित बनेपछिे जिल्ला प्रशासन कार्यालय तथा रामग्राम नगरपालिकामा निवेदन दिइएको छ ।

    पाल्हीनन्दन गाउँपालिका–६ का सन्दीप यादवले स्थानीय उद्योगबाट निस्किएको फोहरले गाउँ प्रदूषित हुनुका साथै फोहर पानीमा केमिकल मिसिएको र उक्त पानी खोलामा जाँदा खोला दुर्गन्धित बनेको बताउनुभयो । उहाँका अनुसार केमिकल मिसिएको पानी खोला, नालामा छोड्दा फोहर पानीले कृषि बालीलाई क्षति पुर्‍याउनुका साथै त्यो पानी खाएर कतिपय गाईभैँसी र बाख्रा मरेका छन् ।

    यसरी वातावरण प्रदूषण हुनुका साथै पशुचौपाया, कृषि बालीमा क्षति हुन थालेपछि प्रदूषण रोक्न र सारेकार भएकाको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय र रामग्राम नगरपालिकामा निवेदन दिइएको यादवले जानकारी दिनुभयो ।

    जिल्लामा रहेका रोसलान भोडका, वरुण वेभरेज, लुम्बिनी पेपर मिल, गोयनका प्रालिबाट निस्किने प्रदूषित पानी प्रशोधन नगरी खोलानालामा छोडेकाले पशुचौपाय चरन गर्न नपाएका, कतिपय पशु मरेका, प्रदूषित पानीले खोलानाला दुर्थन्धित भई वातावरण दूषित गरिरहेको पाल्हीनन्दनका धरेन्द्र यादवले बताउनुभयो । उद्योगबाट निस्किने फोहर पानीले वातावरण दूषित गरेको रामग्राम नगरपालिका–१० का वडाध्यक्ष सुरेश यादवले बताउनुभयो ।

    उद्योगहरूको प्रदूषित पानीले कृषि तथा पशुचौपायमा क्षति पु¥याएको स्थानीयवासीले निवेदन आएपछि अनुगमन गर्दा प्रदूषित पानी बगिरहेको पाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो । समस्या समाधानका लागि उद्योगका प्रतिनिधि, स्थानीय प्रतिनिधि, नागरिकसहित छलफल गरी विकल्प खोजिने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.