हेटौंडा,१४ मंसिर । मकवानपुरमा आज बिहान दुईवटा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । भुईंमा लत्रिएको तारबाट करेन्ट लागेर र अटो रिक्साको ठक्करबाट एक–एक जनाको मृत्यु भएको हो ।
मनहरी गाउँपालिका–८ दारिमबास घर भएका ३८ वर्षीय मंगल सिङ प्रजाको बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घरबाट मनहरी बजारतर्फ ज्यामी काम गर्न जाने क्रममा उनलाई चुँडिएर भुईंमा लत्रिएको ११ हजार भोल्टेजको हाइटेन्सन तारबाट करेन्ट लागेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मनहरी–८ दारीमबास बस्ने ४० वर्षीय इन्द्रमाया मगरले बिहान ७ बजे भुईँमा लडेका प्रजालाई देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । मगरले भुईँमा झुण्डिएको तरबाट आफूलाई पनि करेन्टको झट्का लागेको बताएको प्रहरीले जनाएको छ ।
यसैगरी, आज बिहान सवा ६ बजे हेटौंडा उपमहानगरपालिका–६ चौघडाबाट चुच्चेखोला बजारतर्फ जाँदै गरेको अटोले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । ना २ ह २६९२ नम्बरको अटोले शान्तिटोल बस्ने ६८ वर्षीय जनक राईलाई ठक्कर दिएको थियो । राईको उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।
अटो चालक ३१ वर्षीय शंकर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएका छ ।