समाज

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’
-न्युजभित्तो

गलकोट(बागलुङ), २ फागुन । जिल्लाको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आउनुभएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका शारीरिक तथा मानसिक रूपमा कमजोर वृद्ध अहिलेसम्म पहिचानविहीन हुनुहुन्छ । करिब ९० वर्षीय उहाँको नाम, ठेगाना...

घुम्ती शिविरबाट सात हजार बढी लाभान्वित
-न्युजभित्तो

महोत्तरी, २ फागुन । मटिहानी नगर कार्यपालिकाको कार्यालयले गत माघ २३ गतेदेखि बिहीबारसम्म मटिहानीमा सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरबाट सात हजार छ सय ९६ जनाले सेवा लिएका छन् । शिविरमा नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट सम्पादन हुने सबै...

मकुना हात्ती मृत्यु प्रकरणः कार्यदलले स्थलगत काम सक्यो
-न्युजभित्तो

चितवन, १ फागुन । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जङ्गली हात्ती मकुनाको मृत्यु प्रकरणसम्बन्धी छानबिन गर्न बनेको कार्यदलले स्थलगत अध्ययन सकेको छ । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलको संयोजकत्वमा बनेको कार्यदलले तीन दिनदेखि...

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न
-न्युजभित्तो

काठमाडौँ, १ फागुन । नेपाल बिद्युत् प्राधिकरणले बिद्युत्का तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ । थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत...

देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
-न्युजभित्तो

दमौली (तनहुँ), १ फागुन । जिल्लाको प्रसिद्ध देवघाटधाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार सम्पन्न भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर सञ्चालन भएको महामहोत्सव सकिएको हो । विश्व जागरण महाअभियान ट्रष्ट चितवनको आयोजनामा भएको महामहोत्सवको देवघाटस्थित गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर...

‘बाल विवाह सामाजिक समस्या’
-न्युजभित्तो

मोरङ, १ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या भएको बताउनुभएको छ । जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीवार आयोजित ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उहाँले बाल विवाहलाई...

फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध
-न्युजभित्तो

पाल्पा, १ फागुन । रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ । यहाँको रामपुर–७ मा बसोबास गर्ने फरक क्षमता भएका नौ जनालाई सहायता सामग्री (ह्विलचियर) सहयोग गरिएको हो । पूर्णअपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयले सो सामग्री...

भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु
-न्युजभित्तो

कमलामाई (सिन्धुली), १ फागुन । सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न जानुभएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर...

सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार
-न्युजभित्तो

हैदराबाद (भारत), १ फागुन । भारत बायोटेकका कार्यकारी अध्यक्ष डा कृष्णा एल्लाले नेपाली किसानलाई सस्तो मूल्यमा लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । हैदराबादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले आफूहरूले उत्पादन गरेको खोप...

‘सुनिँदैनन् वसन्त गीतका राग’
-न्युजभित्तो

महोत्तरी, १ फागुन । ‘मधुमासक मदमातल मनुआ, चैढते फागुन अगराए रहल दिनमणि ऋतुराजक साधकसन वासन्ती रङ्गमें नहाय रहल ।’ -वसन्त ऋतुमा सुरापानले मातेझैँ भएको मान्छे फागुन लाग्नेबित्तिक्कै बेसुरको बन्छ । ताप दिने सूर्य पनि ऋतुराज (वसन्त) को साधक झैँ भएर घामछाँया (न बढी जाडो,...