सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार


  •    न्युजभित्तो/१ फाल्गुन २०८१, बिहीबार ११:३२ 
  • हैदराबाद (भारत), १ फागुन । भारत बायोटेकका कार्यकारी अध्यक्ष डा कृष्णा एल्लाले नेपाली किसानलाई सस्तो मूल्यमा लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । हैदराबादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले आफूहरूले उत्पादन गरेको खोप ‘बायोभेट’ले स्वीकृत पाइसकेको र नेपाललगायत देशका किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताउनुभयो ।

    “भारत बायोटेक समूहको कम्पनी बायोभेटले उत्पादन गरेको लम्पी स्किन रोगविरुद्धको खोप बजारमा ल्याउनका लागि भारतको राष्ट्रिय औषधि नियामक निकायबाट स्वीकृति प्राप्त गरिसकेको छ । उक्त खोपको प्रयोगबाट ठूलो सङ्ख्यामा गाईभैँसी बचाउन सहयोग पुग्ने अपेक्षा छ”, उहाँले भन्नुभयो । कम्पनीले उत्पादन गरेको उक्त खोपलाई सेन्ट्रल ड्रग्स स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसनले स्वीकृति दिइसकेको एल्लाले बताउनुभयो ।

    उहाँले पछिल्ला दुई वर्षमा उक्त रोगका कारण करिब दुई लाख गाईभैँसी मरेको उल्लेख गर्दै त्यसले दूध उत्पादनमा समेत ह्रास आएको बताउनुभयो । नेपालमा मात्रै पछिल्लो दुई वर्षमा करिब १० हजार गाईभैँसी लम्पी स्किन रोगका कारण मरिसकेका छन्भने मुलुकका ७३ जिल्लाका साढे तीन लाखभन्दा बढी पशु सङ्क्रमित भइसकेका छन् ।

    “रोगको सङ्क्रमणपछि गाईभैँसीले दिने दूधको परिमाणमा उल्लेख्य कमी आउँछ”, उहाँले भन्नुभयो, “मैले सुनेअनुसार नेपालले अहिले तीन डलरमा खोप ल्याइरहेको छ, हामीले नेपालका किसानलाई एक डलरमै खोप उपलब्ध गराउने योजना बनाएकका छौँ ।”

    अध्यक्ष डा एल्लाले खोपको गुणस्तर, सुरक्षा, र प्रभावकारिता भारतीय कृषि अनुसन्धान परिषद्, नेसनल रिसर्च सेन्टर अन इक्वाइन र भारतीय पशुचिकित्सा अनुसन्धान संस्थानमा परीक्षण गरिएको कम्पनीको भनाइ छ ।

    लम्पी स्किन रोग लागेपछि गाईभैँसीको शरीरभरि छालामा गिर्खाहरू देखापर्ने, ज्वरो आउने, ग्रन्थीहरू सुन्निने, दूध उत्पादन घट्ने र हलचल गर्न कठिनाइ हुने जस्ता लक्षण देखिने गरेका छन् ।

    संस्थापक एल्लाले यो खोप पशुचिकित्सा क्षेत्रमा रोगको निगरानी र उन्मूलनका लागि ‘गेम–चेन्जर’ हुने दाबी गर्नुभयो । कम्पनीले तत्कालका लागि ५० करोड डोज खोप उत्पादन गरी बजारमा पठाउने योजना बनाएको जनाइएको छ । यो रोग लागेपछि पशुहरूको दूध दिने क्षमतामा ३५ प्रतिशतभन्दा बढीले कमी आउने भएकाले समयमै समस्या समाधानमा यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    कोरोना भाइरसविरुद्धको कोभ्याक्सिनलगायतका करिब तीन दर्जन खोप उत्पादन गरिसकेको कम्पनी सन् १९९६ मा स्थापना भएको हो । अमेरिकाबाट स्वदेश फर्किएर डा एल्ला र उहाँकी श्रीमती सुचित्रा एल्लाले कम्पनी स्थापना गर्नुभएको थियो । हाल भारत बायोटेक कम्पनीसँग दुई सय २० भन्दा बढी पेटेन्ट छन् । हाल भारत बायोटेक कम्पनीले खोप उत्पादनसँगै कृषि र जैविक क्षेत्रमा पनि काम गरिरहेको जनाइएको छ । साथै कम्पनीसँग विभिन्न स्थानका प्लान्टमार्फत वार्षिक छ अर्ब डोज खोप उत्पादन गर्न सक्ने क्षमता रहेको त्यस अवसरमा जानकारी दिइयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.