समाज
नवलपुर, १९ जेठ । निजी प्रयोजनका लागि दर्ता गरिएका रातो नम्बर प्लेटको सवारीसाधनलाई गण्डकी प्रदेश सरकारले भाडाका सवारीसाधन सरह प्रयोग गर्न दिन लागेको भन्दै यातायात व्यवसायीले गरेको आन्दोलनका कारण यात्रुले सास्ती पाएका छन् । गण्डकी प्रदेश सरकारले गरेको निर्णयको विरोधमा...
चितवन, १९ जेठ । जिल्लाको कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणालीमा आधारित घर नम्बर वितरण सुरु गरेको छ । नगरपालिकाको वडा नं ४ बाट घर नम्बर वितरण आजदेखि थालिएको हो । नगर प्रमुख विनोद रेग्मीले वडा नं ४ को...
कञ्चनपुर, १९ जेठ । भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउनुहुन्छ । महाकालीबाट माछा मारेर बिक्री गरी उहाँको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आउनुभएको छ । माछा मार्न...
नवलपुर नवलपरासी, १९ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी दुई विद्यार्थीसहित पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना ४ च ४६१६...
काभ्रेपलाञ्चोक, १९ जेठ । पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यही जेठ मसान्तभित्र पाँचखालका छ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजनाले जनाएको छ । निर्माणाधीन उक्त खानेपानी...
कैलाली, १९ जेठ । कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । आइतबार राति अनिल चौधरीको दुई तले काठको गोठमा आगलागी हुँदा गोठको माथिल्लो तल्लामा सुतिरहेका उहाँका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारूको जलेर मृत्यु भएको...
काठमाडौँ, १९ जेठ । व्यक्तिलाई सुख, शान्ति र आनन्दानुभूतिका लागि ध्यान–योग अत्यावश्यक तत्व रहेकामा जोड दिइएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको विश्व एकता र विश्वासका लागि ध्यान–योग छाता कार्यक्रम राष्ट्रिय शुभारम्भ समारोहमा भारतस्थित माउन्टआबुमा रहेको ब्रह्मकुमारी ईश्वरीय...
चितवन, १८ जेठ । कालीगण्डकी सभ्यताको संरक्षण र यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वको प्रचारप्रसारका लागि आगामी जेठ २२ गतेदेखि देवघाटधामदेखि दामोदर कुण्डसम्मको पदयात्रा गरिने भएको छ । महेश संस्कृत गुरुकुल, देवघाटको नेतृत्वमा हुने यस ऐतिहासिक यात्रामा नेपाल तथा...
चितवन, १८ जेठ । गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन् । गत फागुनदेखि यहाँ आउन सुरु गरेका अधिकांश चराले वैशाख र जेठमा बच्चा कोरल्ने गर्दछन् । ‘वर्ड एजुकेसन सोसाइटी’ बागमती प्रदेशका अध्यक्ष वासु...
गलकोट बागलुङ, १८ जेठ । बागलुङमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने गण्डकी प्रदेशकै एउटा मात्रै विद्यालय हो ।...














