सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुख, शान्ति र आनन्दानुभूतिका लागि ध्यान–योग अत्यावश्यक’


  •    न्युजभित्तो/२० जेष्ठ २०८२, सोमबार ११:१० 
  • काठमाडौँ, १९ जेठ । व्यक्तिलाई सुख, शान्ति र आनन्दानुभूतिका लागि ध्यान–योग अत्यावश्यक तत्व रहेकामा जोड दिइएको छ ।

    ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको विश्व एकता र विश्वासका लागि ध्यान–योग छाता कार्यक्रम राष्ट्रिय शुभारम्भ समारोहमा भारतस्थित माउन्टआबुमा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका कला तथा संस्कृति विभाग प्रमुख चन्द्रिका दिदीले एकता र विश्वासका लागि स्वयंमाथि विश्वास गर्नुपर्ने बताउनुभयो ।

    “हामीले अरुका पनि राम्रो गुण देख्नुपर्छ, यसले सम्मानभाव हुन्छ, यसले एकता बढ्छ, विश्वास र एकताले विश्व शान्तिका लागि सहयोग गर्छ,” उहाँले भन्नुभयो । व्यक्तिको जीवनमा ध्यान शक्तिशाली सूत्र भएको उल्लेख गर्दै उहाँले यसका माध्यमबाट साधक सर्वोच्च ऊर्जासँग जोडिने बताउनुभयो । ध्यान–योगकै माध्यमबाट आपसी एकता र विश्वाससमेत बढ्ने उहाँले बताउनुभयो ।

    ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रह्मकुमारी राज दिदीले हाल मानिसलाई सबभन्दा ठूलो आवश्यकता शान्ति भएको बताउँदै मनमा प्रेम र भ्रातृत्वको भावनाले परिवार एवं मुलुकमा शान्ति कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रमको दोस्रो चरणमा कला र संस्कृतिका विषयमा विज्ञको प्रस्तुति थियो । दोस्रो चरणमा राजयोगले जीवन जिउने कला सिकाउने विषयमा प्रस्तुति थियो । नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति हरिहर शर्माले कला, संस्कृतिले मानिसको जीवनमा सुख र शान्तिको अनुभूति गराउने बताउनुभयो । यसका लागि नियमित अभ्यास आवश्यक रहेको उहाँको धारणा थियो ।

    सङ्गीतकार डा टीका भण्डारीले मानिसमा सकारात्मक अनुभूतिका लागि ध्यान योगको आवश्यकता रहेको बताउनुभयो । १५ वर्ष पहिलेदेखि आफूले राजयोगको अभ्यासलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.