समाज

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौँ, २ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेटौँडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त...

तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
-न्युजभित्तो

काठमाडौँ, २ साउन । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बीमा गरेका व्यक्तिले ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार गर्न पाउने भएका छन् । यही साउनदेखि प्रथम सेवा विन्दुका लागि बोर्डमा सूचीकृत भएका अस्पतालबाट सेवा पाउने बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी...

चितवनमा पुँजीगत खर्च ७७ प्रतिशत मात्र
-न्युजभित्तो

चितवन, २ साउन । यहाँको विकासका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको बजेटमध्ये ७७ दशमलब ८५ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगत खर्चका लागि रु १० अर्ब चार करोड ९५ लाख ८० हजार ६९१ बजेट...

कञ्चनपुरमा सप्ताहव्यापी वृक्षरोपण अभियान : ५० हजार बिरुवा रोप्ने लक्ष्य
-न्युजभित्तो

कञ्चनपुर, २ साउन । सामुदायिक वन समन्वय समिति (सिएफसिसी) को समन्वयमा यहाँ सप्ताहव्यापी वृक्षरोपण अभियान सुरु भएको छ । अभियानअन्तर्गत सिएफसिसी आबद्ध ९४ सामुदायिक वन उपभोक्ता समूहले ५० हजार बिरुवा रोप्ने लक्ष्य छ । निजी वन प्रवद्र्धन गर्ने उद्देश्यले अभियान...

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
-न्युजभित्तो

मध्यविन्दु (नवलपरासी), २ साउन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । बिहीबार राति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते...

अमेरिकी ज्ञान र प्रविधि कालिकाको विकासमा जोड्न मेयर विनोद रेग्मी उच्चस्तरीय भेटवार्ता र छलफलमा
-न्युजभित्तो

चितवन, १ श्रावण । चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मी अमेरिकी ज्ञान र प्रविधि कालिकाको विकासमा जोड्न यतिबेला अमेरिकामा उच्चस्तरीय भेटघाट र छलफलमा व्यस्त हुनुहुन्छ । गत आर्थिक वर्षको भुक्तानी सिध्याएर नयाँ आर्थिक वर्षको बजेट समेत पारित गरी अमेरिका...

काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम
-न्युजभित्तो

काठमाडौँ, १ साउन । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ । विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै सचेत रहन...

पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
-न्युजभित्तो

नवलपरासी, १ साउन । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । पछिल्लो समय खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेकामे हो । खोप नलगाएका पाडापाडी, बाच्छाबाच्छीमा लम्पीस्किनको सङ्क्रमण देखा परेकाले सङ्क्रमण फैलिने जोखिम बढेको नवलपरासी भेटेरिनरी अस्पताल...

उपचारको पखाईमा कुष्ठरोग लागेका धनवीर
-न्युजभित्तो

सिमकोट (हुम्ला), १ साउन । यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौँदेखि कुष्ठरोगबाट ग्रसित हुनुहुन्छ । उपचारको सट्टा परिवारले छुट्टै राखेको उहाँ अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ । तर हालसम्म उहाँको उपचार हुन सकेको छैन...

चितवनमा गहुँ र धानको बीउ उत्पाद गर्ने किसानलाई प्रोत्साहन रकम
-न्युजभित्तो

चितवन, १ साउन । जिल्लाका एक हजार २५३ किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि बिकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरुलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार...