अमेरिकी ज्ञान र प्रविधि कालिकाको विकासमा जोड्न मेयर विनोद रेग्मी उच्चस्तरीय भेटवार्ता र छलफलमा
न्युजभित्तो/२ श्रावण २०८२, बिहीबार २०:२४
चितवन, १ श्रावण । चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मी अमेरिकी ज्ञान र प्रविधि कालिकाको विकासमा जोड्न यतिबेला अमेरिकामा उच्चस्तरीय भेटघाट र छलफलमा व्यस्त हुनुहुन्छ । गत आर्थिक वर्षको भुक्तानी सिध्याएर नयाँ आर्थिक वर्षको बजेट समेत पारित गरी अमेरिका भ्रमणमा जानुभएका मेयर रेग्मीले लायन्सको कार्यक्रममा गएको भएपनि नगरपालिकाको विकासलाई समेत भ्रमणमा जोड्नुभएको छ ।
अमेरिकाको फ्लोरिडा राज्यको अर्लान्डो शहरमा आयोजित १०७औं लायन्स इन्टरनेशनल कन्भेन्सनमा सहभागी हुन अमेरिका जानु भएका रेग्मीले सोही अवसरको सदुपयोग गर्दै नगर विकासका विषयलाई पनि छलफलमा ल्याउनुभएको छ । यात्राको सिलसिलामा मेयर रेग्मीले अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीसँग शिष्टाचार भेट गर्नुभयो । उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, नेपाल–अमेरिका सम्बन्ध, स्थानीय तहको विकास र आपसी सहकार्यका सम्भावित क्षेत्रहरूबारे छलफल भएको उहाँले बताउनुभयो ।
त्यस्तै, उहाँले पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि अमेरिकामै भेटघाट गर्नुभएको छ । भेटका क्रममा नेपालको वर्तमान राजनीतिक अवस्था, विदेशमा रहेका नेपालीहरूको भूमिका र स्थानीय तहको समृद्धि अभियानबारे कुराकानी भएको छ ।
यसैबीच मेयर रेग्मी सँगको भेटघाट कार्यक्रम (मिट एण्ड ग्रिट) जुलाई १८, तारिक शुक्रबार साँझ ५ः३० बजे अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स सहरमा आयोजना हुने भएको छ। मेयर रेग्मी नेपालको स्थानीय तहमा पहिलो पटक अमेरिकी शैलीको सडक नामकरण र घर नम्बर प्रणाली लागू गर्ने नेताका रूपमा चिनिनुहुन्छ । उहाँको यो प्रयास नेपालमा नगर प्रणाली सुधारको दिशामा एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
कार्यक्रममा मेयर रेग्मीले आफ्ना अनुभवहरू साझा गर्ने र प्रवासी नेपालीसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्नुहुनेछ । यस कार्यक्रमले नेपाली डायस्पोरासँग स्थानीय सरकारबीचको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपाल र अमेरिकाको झण्डासहित तयार पारिएको पोस्टरमा मेयर रेग्मीको तस्बिर, सडक नाम परिवर्तनको संकेत र अमेरिकी सडक चिह्न समेत देखाइएको छ, जसले नेपालमा प्रारम्भ गरिएको अमेरिकी शैलीको योजनाको संकेत गर्दछ ।
मेयर रेग्मीको यो भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा नेपाल र कालिका नगरको पहिचान प्रवर्द्धन गर्नुका साथै अन्तरसंस्थागत सम्बन्ध विस्तार र नगरको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।