सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा गहुँ र धानको बीउ उत्पाद गर्ने किसानलाई प्रोत्साहन रकम


  •    न्युजभित्तो/२ श्रावण २०८२, बिहीबार १२:२३ 
  • चितवन, १ साउन । जिल्लाका एक हजार २५३ किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि बिकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरुलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार ३५० बितरण गरेको हो ।

    कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरुले रु १ हजार १ सय देखि रु १ लाख ४३ हजार सम्म प्रोत्साहन रकम पाएका छन् । उनीहरुलाई उत्पादन र क्षेत्रफलका आधारमा प्रोत्साहन रहकम बितरण गरिएको हो । उहाँले भन्नुभयो “स्रोत बीउमा प्रति हेक्टर रु २० हजार र उन्नत बीउमा प्रति हेक्टर रु १५ हजारका दरले प्रोत्साहान रकम बितरण गरिएको हो ।” गहुँ र धानको उत्पादनमा किसानहरुले प्रोत्साहन रकम पाएका हुन ।

    कतिपय किसानहरुको भने जग्गा धनी पूर्जा तथा कागजात नमिलेका कारण प्रोत्साहन रकम पाउनबाट वन्चीत भएको उहाँले बताउनुभयो । उहाँका अनु्सार ९६१ दशमलब ८३ हेक्टर क्षेत्रफलमा बीउ उत्पादन गर्ने ती किसानले प्रोत्साहन रकम प्राप्त गरेका हुन ।

    कृषि विकास कार्यालय चितवनले ‘बीउ बिजन आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत भरतपुर महानगरपालिका र माडी नगरपालिकाका बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम बितरण गरिएको हो । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले असारको अन्त्यमा प्रदान गरिएको रकम किसानका लागि खेतीयोग्य समयमा राहत बन्ने बताउनुभयो । आगामी दिनमा थप किसान लक्षित कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ । किसानहरूलाई जग्गासम्बन्धी कागजात व्यवस्थित गर्न समेत उहाँले आग्रह गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.