समाज
काठमाडौँ, २६ भदौ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो । आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि...
काठमाडौं, २६ भदौ । भायानेटले भदौ २४ गते साँझ डाटा सेन्टरमा आगलागीका कारण देशभर इन्टरनेट र भायाटिभी सेवामा अवरोध आएको जनाएको छ। कम्पनीले ग्राहकहरूसमक्ष माफी माग्दै सेवा विस्तारै पुनः सुचारु भइरहेको जानकारी दिएको छ। कम्पनीका अनुसार साँझ करिब ४:४५ बजे...
काठमाडौँ, २६ भदौ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन...
काठमाडौँ, २६ भदौ । त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो । सूचनामा...
खाँदबारी (सङ्खुवासभा), २६ भदौ । देशव्यापी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यहाँको खाँदबारी नगरपालिकाले मातहतका कार्यालय दुई दिनसम्म बन्द रहने जनाएको छ । नगरपालिकाले बुधबार प्रकाशित गरेको सूचनामा अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय तथा मातहतका निकायहरू बिहीबार र शुक्रबारसम्म...
दमौली (तनहुँ), २५ भदौ । दमौलीका युवा फोहरमैला सरसफाइमा जुटेका छन् । मङ्गलबार जेनजीको प्रदर्शनका क्रममा जलाएर फोहर भएका सरकारी कार्यालयसहित क्षेत्रमा युवा सरसफाइका लागि खटिएका हुन् । सामाजिक अभियान्ता सुदीप गफ्फारले भ्रष्टाचार विरुद्धको प्रदर्शन युवाको नेतृत्वमा भएको भन्दै नगरलाई...
चन्द्रपुर (रौतहट), २५ भदौ । मङ्गलबार राति गौर कारागारबाट फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम पक्राउ गरिरहेको छ । कारागार भत्काएर भागेका १३ जना कैदीलाई आज बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी...
काभ्रेपलाञ्चोक २५ भदौ । धुलिखेलस्थित जिल्ला कारगारमा लगाइएको आगो दुई घण्टापछि नियन्त्रणमा लिइएको छ । कारागारकै कैदीबन्दीले मध्याह्न १२ः०० बजे लगाएको आगो २ः०० बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिएको...
काठमाडौँ, २५ भदौ । नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न सम्बद्ध सुरक्षा निकायको ध्यानाकर्षण गरेको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज एक विज्ञप्ति जारी गरी जनताको जिउधनको रक्षाका लागि सुरक्षा निकायको ध्यानाकर्षणसहित शान्ति...
काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनासँग वार्ताका लागि जेनजी समूहले वार्ता समिति बनाउन छलफल गरिरहेको छ । जेनजी समूहका एक सदस्यका अनुसार तीन हजारभन्दा बढीको सहभागिता रहेको भर्चुअल बैठकमा वार्ता टोली गठन गर्ने विषयमा छलफल भइरहेको...















