समाज

जितिया पर्वको तयारीमा मिथिलानी
-न्युजभित्तो

महोत्तरी, २७ भदौ । राजनीतिक घटनाक्रमले असजिलो बनेको परिवेशबीच नै सन्तानवती मिथिलानी (मिथिलाका नारी) ले जितिया पर्वको तयारी थालेका छन्् । निषेधाज्ञा र कर्फ्यूका बीच मिथिला क्षेत्रका सन्तानवती महिलाले यो पर्वको तयारी थालेका हुन् । प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज...

भारत भाग्दै गरेका छ कैदी समातिए
-न्युजभित्तो

बैतडी, २६ भदौ । डडेल्धुरा कारागारबाट भागेका छ कैदी बैतडीबाट समातिएका छन् । संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका–१ सकारबाट उनीहरुलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरुलाई...

हातहतियारसहित अन्य सामग्री फिर्ता गर्न प्रहरीको आग्रह
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । जेनजी गरेको प्रदर्शनका क्रममा प्रहरीसहित अन्य सुरक्षा निकायका हातहतियारलगायत सामग्री फिर्ता गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।  प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै यही भदौ २३ देखि २५ गते भएको प्रदर्शनमा सुरक्षा निकायका...

पर्साका बालसुधारगृहबाट भागेका ६७ बालबिज्याइकर्ता फरार
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २६ भदौ । पर्साको बालसुधारगृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोर अझैसम्म पनि फरार रहेका छन् ।  गत मङ्गलबार रातको समयमा बालसुधारगृह तोडफोड गरेर भागेका उनीहरु अझैसम्म पनि पक्राउ परेका छैनन् । बालसुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बालसुधारगृहबाट...

अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक...

चितवनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी
-न्युजभित्तो

चितवन, २६ भदौ । जिल्लामा लगाइएको कफ्र्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ः०० बजेदेखि कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।...

महोत्तरीमा भागेका कैदी फर्कन थाले कारागार
-न्युजभित्तो

महोत्तरी, २६ भदौ । गत मङ्गलबार साँझ ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदीरथुनुवा फर्कन थालेका छन् । महोत्तरी कारागार प्रशासनले लहलहैमा भागेका कैदी÷थुनुवालाई फर्कन अपिल गरेसँगै बुधवार राति तीन जना फर्केका कारागार कार्यालयका निमित्त प्रमुख रवीनचन्द्र ठाकुरले पुष्टि...

थप १९२ जना कैदी नियन्त्रणमा
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्चात भदौ २५ गते बेलुका ६ बजेदेखि आज बिहान ६ बजेसम्म थप १९२ जना कैदीहरूलाई नियन्त्रणमा लिइएको छ । नेपाली सेनाले आज विज्ञप्तिमार्फत सप्तरीको राजविराज स्थित जिल्ला कारागारबाट भाग्ने प्रयास...

काभ्रे प्रशासनद्वारा कर्फ्यूको समय लम्ब्याइयो
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २६ भदौ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कर्फ्यूृको समयलाई आज पनि निरन्तरता दिएको छ । समय थप गरी जारी कर्फ्यू आदेशमा आज बिहान १० देखि साँझ ५ बजेसम्म र पुनः साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा...

सुर्खेतमा निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा ६ जना पक्राउ
-न्युजभित्तो

सुर्खेत, २६ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञाको अवज्ञा गरेको कसुरमा ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगरका विभिन्न स्थानमा निषेधाज्ञा पालना नगरी हिँडडुल गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो...