सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डाटा सेन्टरमा आगलागीपछि आज साँझसम्म सबै ठाउँमा इन्टरनेट सेवा सुरु गर्दैछौँ : भायानेट


  •    न्युजभित्तो/२६ भाद्र २०८२, बिहीबार १२:०४ 
  • काठमाडौं, २६ भदौ । भायानेटले भदौ २४ गते साँझ डाटा सेन्टरमा आगलागीका कारण देशभर इन्टरनेट र भायाटिभी सेवामा अवरोध आएको जनाएको छ। कम्पनीले ग्राहकहरूसमक्ष माफी माग्दै सेवा विस्तारै पुनः सुचारु भइरहेको जानकारी दिएको छ।

    कम्पनीका अनुसार साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको प्रमुख डाटा सेन्टर क्षतिग्रस्त भयो। बैकअप डाटा सेन्टरमार्फत आंशिक रूपमा सेवा सञ्चालन भए पनि सम्पूर्ण ट्राफिक धान्न नसक्दा धेरै ग्राहक प्रभावित भएका थिए।

    भवन असुरक्षित भएकाले प्राविधिक टोली तत्काल प्रवेश गर्न नसकेको र भदौ २५ गते बिहान मात्र सेना र प्रहरीको सहयोगमा नियन्त्रणमा आएपछि दिउँसो १२ बजे आवश्यक सर्भरहरू सुरक्षित गरेर अर्को डाटा सेन्टरमा पुनःस्थापना गरिएको भायानेटले जनाएको छ।

    हाल अधिकांश ग्राहकको इन्टरनेट सेवा सञ्चालनमा आइसकेको र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा पुनःस्थापित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। भायाटिभी सेवा पनि छिट्टै सञ्चालनमा आउनेछ।

    “यो असाधारण घटनाले हाम्रो नेटवर्कलाई अझ मजबुत बनाउन थप प्रेरणा दिएको छ,” कम्पनीले भनेको छ। भायानेटले सेवामा अवरोध हुँदा धैर्य र विश्वास देखाइदिएकामा ग्राहकवृन्दलाई धन्यवादसमेत व्यक्त गरेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.