सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जेलबाट भागेका कैदी पक्राउ गर्दै रौतहट प्रहरी


  •    न्युजभित्तो/२५ भाद्र २०८२, बुधबार १६:१९ 
  • चन्द्रपुर (रौतहट), २५ भदौ । मङ्गलबार राति गौर कारागारबाट फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम पक्राउ गरिरहेको छ । कारागार भत्काएर भागेका १३ जना कैदीलाई आज बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ९१ कैदी रहेको सो कारागारभित्र अहिले ६१ जना छन् ।

    प्रजिअ खडकाले अन्य कैदीहरूको पनि खोजीकार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लाको सहरी क्षेत्रमा नेपाली सेना खटेपछि वातावरण शान्त बनेको छ ।

    मङ्गलबार जेनजीका प्रदर्शनकारीले चन्द्रपुर नगरपालिका, इलाका प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन आगलागी गरेर पूर्ण रुपमा क्षति पुर्याएका प्रजिअ खड्काले जानकारी दिनुभयो ।

    चन्द्रनिगाहपुरमा प्रदर्शनकारीले रौतहट घर भएका सङ्घीय सांसद देवप्रसाद तिमलसिना, रौतहट घर भएका प्रदेशसभा सदस्य युवराज भट्टराई, नगरप्रमुख सञ्जयकुमार काफ्ले, रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) चन्द्रपुर नगर कमिटी कार्यालयको घरमा समेत आगो लगाएका छन् । त्यस्तै गौर नगरपालिकाको कार्यालय, एमाले, नेपाली कांग्रेसलगायत दलका कार्यालयमा समेत आगजनी गरेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.