समाज
झापा, १३ वैशाख । पोहोर साल बन्दाबन्दीमा भारतबाट तरकारी आयात रोकिँदा झापाको माग धानेको मामा भाञ्जा कृषि फार्मले यसपालि उत्साहित भएर तरकारी खेती विस्तार गरेको छ । अर्जुनधारा नगरपालिका–८ मा १५ बिघा जग्गा लिजमा लिएर दुई वर्षअघि तरकारी खेती शुरु...
कञ्चनपुर, १३ वैशाख । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर बेलौरी सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य एक सातादेखि अवरुद्ध भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौँडीदेखि चानदेवसम्मको करिब तीन किलोमिटर सडक निर्माण कार्य अवरुद्ध भएको हो...
काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्चर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीच चार बुँदे सहमति भएको भन्दै २ बैशाखमा एउटा ‘फेक सहमति पत्र’ सार्वजनिक गरियो । शुरुमा ‘उज्यालो नेटवर्क डटकम’ नामक अनलाइनमा ‘रअ प्रमुख र ओलीबीच...
काठमाडौँ, १३ वैशाख । विभिन्न समाचार माध्यममा कार्यरत सम्पादकले समाचार कक्षसँगको सम्बन्ध सुमधुर बनाएमात्र श्रमजीवी पत्रकारको समस्या समाधानका लागि सहज हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आइतबार विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकसँग गरेको छलफल तथा बहसमा उहाँहरुले...
मोरङ, १३ वैशाख । नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका...
चितवन, १३ वैशाख । जिल्लामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ । अरु समयमा सवारी साधनको जाँच र सवारी चालक अनुमति पत्रको जाँच गर्दै आएका प्रहरी पनि यतिखेर सडकमा उभिएर मास्क लगाउन सचेत गराइरहेका छन् । जिल्ला...
काठमाडौं, १२ वैशाख । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि नहुने भएका छन् । कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित...
काठमाडौँ, १२ वैशाख । युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुम्नुभएको छ । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आज आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई...
तिगाउँ, १२ वैशाख । नुवाकोटको बेलकोटगढी नगरपालिका– ११ उपल्लो तिगाउँस्थित कालिका आधारभूूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन अक्षयकोष स्थापना भएको छ । महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सिआइपी) सम्मानप्राप्त सोही वडा निवासी गोपीप्रसाद कँडेलले आफ्ना दिवङ्गत पिता नेत्रप्रसादका स्मृतिमा...
पोखरा,१२ वैशाख । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबारदेखि शुरू हुँदैछ । उक्त अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो ।...















