सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वदेशी तरकारीको माग बढेपछि खेती विस्तार


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार १०:५६ 
  • झापा, १३ वैशाख । पोहोर साल बन्दाबन्दीमा भारतबाट तरकारी आयात रोकिँदा झापाको माग धानेको मामा भाञ्जा कृषि फार्मले यसपालि उत्साहित भएर तरकारी खेती विस्तार गरेको छ ।

    अर्जुनधारा नगरपालिका–८ मा १५ बिघा जग्गा लिजमा लिएर दुई वर्षअघि तरकारी खेती शुरु गरेको फार्मले गत वर्ष कोभिड–१९ को महामारीमा तरकारीको माग अत्यधिक भएपछि उत्पादन बढाउन खेती विस्तार गरेको हो । भद्रपुरको दुई स्थान र मेचीनगरमा विस्तार गरिएको फार्ममा टमाटर, बोडी, करेला, भिन्डी, फर्सी, सिमी, खुर्सानीलगायतका तरकारी फल्न थालिसकेको मामा भाञ्जा कृषि फार्मका सञ्चालक अनिल पौडेलले बताउनुभयो ।

    “स्वदेशी उत्पादनले नै स्थानीय माग धान्न सकियोस् भनेर यसपालि हामीले उत्पादनलाई तेब्बर पार्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”, सञ्चालक पौडेलले भन्नुभयो । उहाँका अनुसार भद्रपुर नगरपालिका–४ मा भद्रपुर गौशालाको स्वामित्वमा रहेको १६ बिघा जग्गा फार्मले सात वर्षका लागि लिजमा लिएर तरकारी फलाएको छ । भद्रपुर–१० स्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुडीमा सरकारी स्वामित्वमा रहेको २० बिघा जग्गासमेत यसपालि मामा भाञ्जा कृषि फार्मले लिजमा लिएर उत्पादन शुरु गरिसकेको छ । यसैगरी मेचीनगर–११ को १५ बिघा र अर्जुनधारा–८ को १५ बिघा गरी कूल ६६ बिघा जग्गामा मामा भाञ्जा कृषि फार्म विस्तारित भइसकेको छ । निजी क्षेत्रबाट सञ्चालित यो सबैभन्दा ठूलो तरकारी उत्पादक कृषि फार्म हो ।

    भारतबाट आयातित सागसब्जी विषादीको मात्रा नजाँची भित्रिने गरेको र त्यसबाट स्वास्थ्यमा समस्या आउने आशङ्का बढेका कारण जिल्लाका सर्वसाधारण स्वदेशी तरकारीको उपभोगप्रति आकर्षित बनेका छन् । फार्मले एक दर्जन जति साना गाडीमार्फत जिल्लाका सबै पालिकामा उपभोक्ताको टोलमै ताजा तरकारी बिक्रीका लागि पु¥याउने गरेको छ । फार्मले कृषिविज्ञ राखेर तरकारी खेतीमा मल, गोडमेल र किटनाशक औषधिको प्रयोग गर्दै आएको छ । यहाँबाट थोक तथा खुद्रा दुवै प्रकारले तरकारी बिक्री गर्दै आएको छ । यसै सिजनमा ३० हजार टन स्क्वास फर्सी फलाएर बजारमा बिक्री गरेको सञ्चालक पौडेलले बताउनुभयो ।

    यही सिजनमा तीन सय ५०० केजी टमाटर र पाँच हजार केजी बोडी बिक्री भइसकेको छ । वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै पौरख गर्ने सोचका साथ शुरु गरेको फार्मका सञ्चालक युवा उमेरका छन् । उहाँहरु कार्य विभाजन गरेर खेती स्याहार्ने र बिक्रीका लागि बजार खोज्ने काममा आफैँ खटिने गर्नुभएको छ । हालसम्म फार्मका लागि सरकारी अनुदान नलिएको पौडेलले बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.