सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘श्रमजीवी पत्रकारको समस्या समाधानका लागि जोड’


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार १०:३१ 
  • काठमाडौँ, १३ वैशाख ।  विभिन्न समाचार माध्यममा कार्यरत सम्पादकले समाचार कक्षसँगको सम्बन्ध सुमधुर बनाएमात्र श्रमजीवी पत्रकारको समस्या समाधानका लागि सहज हुने बताएका छन् ।

    नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आइतबार विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकसँग गरेको छलफल तथा बहसमा उहाँहरुले महासङ्घका सदस्य र सम्पादकमात्र नभएर सञ्चार उद्यमीसँग निरन्तर संवाद गरेमात्र श्रमजीवी पत्रकारको समस्या समाधान हुने बताउनुभएको हो ।

    कार्यक्रममा नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पत्रकार महासङ्घमा व्यावसायिक पत्रकारको उपस्थिति बढ्दै जानु खुशीको कुरा भएको बताउँदै महासङ्घले श्रम सुरक्षासँगै व्यावसायिक दक्षतामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । इकागज डटकम अनलाइन मिडियाका प्रधान सम्पादक हरिबहादुर थापाले श्रमजीवी पत्रकारका समस्याका बारेमा महासङ्घ चनाखो भएर लाग्नुपर्ने बताउनुभयो । महासङ्घ चुप लागेर बस्दा कतिपय विषय पूरा हुन नसक्ने उहाँको भनाइ थियो ।

    रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले महासङ्घ, सम्पादक र पत्रकारबीच ‘मिस कम्युनिकेसन’ हुँदा पत्रकारका समस्या समाधान हुन नसकेको बताउनुभयो । नेपाल बहस डटकम अनलाइनका प्रधान सम्पादक चेतन अधिकारीले पत्रकार महासङ्घ व्यावसायिकभन्दा पनि राजनीतिक चरित्रको भएको बताउनुभयो । सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले श्रमजीवी पत्रकारका लागि महासङ्घले निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.