सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छात्रवृत्ति अक्षयकोषमा रकम हस्तान्तरण


  •    न्युजभित्तो/१२ बैशाख २०७८, आईतवार १६:१३ 
  • तिगाउँ, १२ वैशाख  । नुवाकोटको बेलकोटगढी नगरपालिका– ११ उपल्लो तिगाउँस्थित कालिका आधारभूूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन अक्षयकोष स्थापना भएको छ ।

    महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सिआइपी) सम्मानप्राप्त सोही वडा निवासी गोपीप्रसाद कँडेलले आफ्ना दिवङ्गत पिता नेत्रप्रसादका स्मृतिमा रु एक लाख ५पाँच हजार ५५ को अक्षयकोष स्थापना गर्नुुभएको हो । उ क्त रकमको चेक आज विद्यालयमा आयोजित कार्यक्रमबीच कँडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा तामाङलाई हस्तान्तरण गर्नुभयो ।

    उक्त कोषको व्याजबाट वार्षिक १० विद्यार्थीलाई छात्रवृत्ति दिइने प्रधानाध्यापक रामचन्द्र गजुुरेलले जानकारी दिँदै विद्यालयका लागि पर्खाल र द्वार निर्माणका लागि सहयोग आवश्यक भएको बताउनुुभयो । यसअघि कँडेलले स्थानीय पञ्चकन्या माविमा १४१ थान महत्वपूूर्ण पुस्तक र खेल सामग्री गरी करीव रु तीन लाख बराबरको सहयोग गर्नुभएको थियो । कक्षा १ देखि ८ सम्म सञ्चालित सो विद्यालयमा अधिकांश तामाङ समुुदायका गरी हाल १८० विद्यार्थी छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.