समाज

सर्लाहीको नवलपुरमा नयाँ विद्युत् सबस्टेसन सञ्चालनमा
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले ठूलो क्षमताको सबस्टेशन सञ्चालनमा ल्याएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण भएको प्राधिकरणले जनाएको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई...

बेमौसमी वर्षाले राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति
-न्युजभित्तो

काठमाडौं,७ कात्तिक । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण अनुसार बेमौसमी...

सुदूरपश्चिमको पहाडी जिल्लामा उडान सुरु
-न्युजभित्तो

गोदावरी, ७ कात्तिक । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला...

चार जिल्ला जोड्ने केआइसिंह राजमार्ग खुलाउन काम सुरु
-न्युजभित्तो

डडेल्धुरा, ७ कात्तिक । वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा नजिक सडक पहिराले भत्किएको थियो । करिब २०० मिटरजति सडक पहिराले भत्किएपछि राजमार्ग अवरुद्ध छ...

प्रदेश १ : प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग
-न्युजभित्तो

विराटनगर,७ कात्तिक । सत्तारूढ दल नेकपा एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले बैठक रोक्न माग गरेको थियो । कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको...

सीमित जनशक्तिमा चलेको पशुपति होमियोप्याथिकमा बिरामीको आकर्षण
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक । नेपालकै एकमात्र पशुपति होमियोप्याथिक चिकित्सालयमा दैनिक ३०० सम्म बिरामी आउने गरे पनि जनशक्ति अभावमा उपचार गर्न धौधौ हुने गरेको छ । एक स्थायी र दुई करारका चिकित्सकबाट चिकित्सालय सञ्चालन भइरहेको छ । मागअनुसारको सेवा दिन कम्तीमा...

बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गरिने : प्रधानमन्त्री
-न्युजभित्तो

इनरुवा, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा...

चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध
-न्युजभित्तो

भक्तपुर, ७ कात्तिक । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र...

बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?
-न्युजभित्तो

टीकापुर, ७ कात्तिक । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन् । बाढीमा घर मिसिएकाहरु यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका...

सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय...