समाज
काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताउनुभएको छ । इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा उहाँले चाँडै मन्त्रिपरिषद्को बैठक राखेर राहतसम्बन्धी थप निर्णय लिने...
काठमाडौँ, ७ कात्तिक। अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट बीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको बताइएको छ । भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा...
काठमाडौँ, ७ कात्तिक । चन्द्रागिरि नगरपालिकामा रु एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ । जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो । अस्पताल निर्माणका लागि...
चितवन, ७ कात्तिक । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन् । विश्व पोलियो दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै...
बागलुङ, ७ कात्तिक । नेकपा एमालेको आसन्न महाधिवेशनका लागि सुरू भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये नेतृत्व तहमा महिलाको सहभागिता शून्य रहेको छ । अधिवेशन हुन बाँकी रहेका १४ वडामा पनि महिला नेतृत्वमा आउन...
कञ्चनपुर, ७ कात्तिक । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर खान थालेको हो । शनिबार मात्रै बेलडाँडी–२ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको छ...
तनहुँ, ७ कात्तिक । पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ तनहुँमा लोप हुने अवस्थामा पुगेको छ । यसप्रति किसानको आकर्षणमा कमी र मौसम अनुकूल नहुँदा जिल्लामा घैया धान लोप हुने अवस्थामा पुगेको हो । जिल्लाका झण्डै ४० प्रतिशत क्षेत्रफलमा गरिँदै...
काठमाडौं,७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आइतबार इलाम पुगेका छन् । उनले इलाममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्यलाई पनि भेटेका छन् । यसअघि गत बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले बाढी प्रभावित...
महेन्द्रनगर, ७ कात्तिक । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका–११, १२ र १३ का साथै दोधाँरा–चाँदनीमा बाढी प्रभावित बस्तीका बासिन्दालाई पहिलो चरणमा आज साँझदेखि राहत दिइने एनआरएनएका राहत कार्यक्रम संयोजक...
भजनी, ७ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उहाँले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताउनुभएको हो...














