सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्लाहीको नवलपुरमा नयाँ विद्युत् सबस्टेसन सञ्चालनमा


  •    न्युजभित्तो/७ कार्तिक २०७८, आईतवार १३:५३ 
  • काठमाडौँ, ७ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले ठूलो क्षमताको सबस्टेशन सञ्चालनमा ल्याएको छ ।

    सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण भएको प्राधिकरणले जनाएको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारदेखि सञ्चालनमा ल्याइएको छ । सबस्टेसन शनिबार चार्ज गरिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत् आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने जानकारी दिनुभयो । “सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत् आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “अब नवलपुर सबस्टेसनबाट सिधै विद्युत् आपूर्ति हुने भएकाले लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत् आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्ने छ ।” सर्लाहीमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् दिन सकिने पनि उहाँको भनाइ छ ।

    पूर्वपश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने ९लुप इन० र बाहिरिने ९लुप आउट० छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत् आपूर्ति दिइनेछ । सबस्टेसनमा १३२÷३३ केभी, ६३ एमभिए र ३३÷११ केभी, १६ एमभिए क्षमताका दुई वटा ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलङ्गवा ३३÷११ केभी वितरण सबस्टेसनमा विद्युत् आपूर्ति दिइनेछ ।

    सबस्टेसनको प्रारम्भिक काम आव २०७४÷७५ र मुख्य निर्माण आव २०७५÷७६ मा सुरु गरिएको थियो । कोभिड–१९ को महामारी कारण उपकरण ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुख निरञ्जन साहले बताउनुभयो । सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.