सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार जिल्ला जोड्ने केआइसिंह राजमार्ग खुलाउन काम सुरु


  •    न्युजभित्तो/७ कार्तिक २०७८, आईतवार १३:१८ 
  • डडेल्धुरा, ७ कात्तिक । वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा नजिक सडक पहिराले भत्किएको थियो ।

    करिब २०० मिटरजति सडक पहिराले भत्किएपछि राजमार्ग अवरुद्ध छ । राजमार्ग सञ्चालन गर्न आजदेखि डोजर भत्किएको ठाउँमा पुगेर काम सुरु गरिएको सडक डिभिजन कार्यालय डोटीले जानाएको छ । सडकमाथि ठूलो चट्टान छ ।

    चट्टानभन्दा केही माथि गाउँ रहेको छ । चट्टान काटेर सडक बनाइने सडक डिभिजन कार्यालयको योजना भए पनि स्थानीयले काट्न दिएका थिएनन् । स्थानीयले काममा अवरोध गरेपछि आज चट्टानभन्दा मुनितिरबाट सडक बनाउन थालिएको कार्यालयले जनाएको छ ।

    चट्टानमुनितिरबाट सडक बनाउन निकै कठिन रहेको जनाइएको छ । खोलातिरको भाग भाँसिदै गएको छ भने माथिबाट चट्टान खस्ने सम्भावना भएकाले काम गर्न निकै गाह्रो भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सुदर्शन कार्कीले बताउनुभयो ।

    आज बिहानदेखि सडक बनाउन थालिएको हो । पहिरो खसेको पूर्वसकायलतर्फबाट पनि डोजर लगाइने जनाइएको छ । तल नभाँसिएमा र माथिबाट पहिरो नखसे आज बेलुकी वा सोमबारसम्म राजमार्ग सञ्चालन हुने सम्भावना छ । नभए केही दिन अरु लाग्ने उहाँले बताउनुभयो ।

    रडुवाखोलमा खसेको पहिराका कारण अहिले यात्रु रडुवाबाट माथिपट्टी गन्यापधुराको गाउँ भएर पैदल ओहोरदोहोर गरिरहेका छन् । पहिरो खसेको स्थानबाट पैदल आवतजावत पनि गर्न सकिएको छैन । डडेल्धुरालगायत अन्य स्थानबाट रडुवासम्म मात्रै गाडी सञ्चालनमा छन् । त्यहाँबाट सकायलसम्म पैदल हिँडेपछि डडेल्धुरा, डोटी, अछाम र बाजुरा जाने गाडी पाइने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.