सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीमित जनशक्तिमा चलेको पशुपति होमियोप्याथिकमा बिरामीको आकर्षण


  •    न्युजभित्तो/७ कार्तिक २०७८, आईतवार १२:४९ 
  • काठमाडौँ, ७ कात्तिक । नेपालकै एकमात्र पशुपति होमियोप्याथिक चिकित्सालयमा दैनिक ३०० सम्म बिरामी आउने गरे पनि जनशक्ति अभावमा उपचार गर्न धौधौ हुने गरेको छ ।

    एक स्थायी र दुई करारका चिकित्सकबाट चिकित्सालय सञ्चालन भइरहेको छ । मागअनुसारको सेवा दिन कम्तीमा पनि १० चिकित्सक स्वास्थ्य मन्त्रालयसँग माग गरेकोे चिकित्सालयका प्रमुख डा प्रेमनारायण श्रीवास्तव बताउनुहुन्छ । यो पद्धतिबाट उपचार गर्ने देशभर एकमात्र सरकारी चिकित्सालय यही भएकाले टेलिमेडिसिन र स्वास्थ्य शिविरको समेत माग बढ्ने गरेको छ ।

    विसं २०१० मा पशुपति क्षेत्रमा स्थापना भएको चिकित्सालय २०४२ सालमा हरिहरभवनमा स्थानान्तरण गरिएको थियो । पशुपति क्षेत्रमै सञ्चालन हुँदा चिकित्सालयमा दैनिक ५०० भन्दा बढी बिरामी आउँथे । तत्कालीन राजा त्रिभुवन पशुपतिनाथको दर्शन गर्न जाँदा रामनाथ अघोरीले होमियोप्याथिक चिकित्सा पद्धति पनि चाहिन्छ भनेपछि यसको सुरुआत भएको हो । आधुनिक चिकित्सा पद्धतिबाट चित्त नबुझेपछि स्यामुयल हनीम्यानले सन् १७९६ मा होमियोप्याथिक चिकित्सा पद्धतिको आविष्कार गर्नुभएको हो ।

    नेपालमा यो पद्धति सुरु हुनुअघि विसं २००५ मा फैलिएको हैजा नियन्त्रणका लागि कोलकत्ताबाट चिकित्सक बोलाएर निःशुल्क औषधि वितरण गरिएको थियो । प्रभावस्वरुप हैजा नियन्त्रण भएको इतिहास रहेको चिकित्सालय प्रमुख श्रीवास्तव बताउनुहुन्छ । यसको प्रभावस्वरुप राणाकालमै ज्ञानेन्द्र मेमोरियल होमियोप्याथिक अस्पताल गुल्मी, धनकुटालगायत जिल्लामा खोलिए पनि पछि बन्द भएको थियो ।

    यो उपचार पद्धतिमा नगण्यमात्रामा औषधि वितरण गरिन्छ । जीवनशैली, आहार, विहारमा ध्यान दिएर रोग ठीक गर्न बिरामीलाई परामर्श दिइने पद्धतिका रुपमा होमियोप्याथिक पद्धति रहेको चिकित्सक डा रामकुमार अधिकारी बताउनुहुन्छ । आधुनिक पद्धतिका मेडिकल चिकित्सक पनि फिस्टुला रोगको उपचारका लागि उक्त चिकित्सालयमा धाउने गरेका छन् । एक ठाउँमा छुँदा अर्को ठाउँमा दुख्ने बिरामी पनि चिकित्सालयमा आउने गरेका छन् । बिरामी बढ्न थालेपछि ल्याब, एक्स–रे लगायत यन्त्रको पनि आवश्यकता देखिएको चिकित्सालयमा कार्यरत डा सरिना अधिकारी बताउनुहुन्छ । चिकित्सालयमा हाल दुई अहेब, चार नर्स, लेखा र प्रशासनमा एक÷एक, कार्यालय सहयोगी पाँच जना कार्यरत रहेको जनाइएको छ ।

    अस्पतालमा श्यया चलाउन सकिने पूर्वाधार भए पनि जनशक्तिका कारण सम्भव भएको छैन । श्यया चलाउनकै लागि पनि जनशक्तिको थप गर्नुपर्ने प्रस्ताव गरिएको हो । यहाँ थाइराइड, पाठेघर, ट्युमर, माइग्रेन, नशा च्यापिएको, छाला, खिललगायत बिरामीको उपचार हुने गरेको छ । पाठेघरको सिस्ट र पित्तथैलीको पत्थरी होमियोप्याथिक औषधिले ठीक हुने गरेकाले यी रोगका धेरै बिरामी आउने गरेका छन् ।

    निजीस्तरबाट भने काठमाडौँ, विराटनगर, झापा, तराईका जिल्ला र बुटवलमा फर्मासहितको चिकित्सक सेवा उपलब्ध छ । निजी स्तरबाट भक्तपुर होमियोप्याथिक मेडिकल कलेज, विराटनगरमा नेपाल होमियोप्याथिक मेडिकल कलेज सञ्चालनमा रहेकामा हाल बन्द भएको जनाइएको छ । यी कलेजबाट उत्पादित जनशक्तिले काम नपाएपछि यसतर्फ विद्यार्थीको आकर्षण घटेर बन्द हुन पुगेका हुन् ।

    भक्तपुर होमियोप्याथिक मेडिकल कलेजका सञ्चालक रविन्द्र पुरी कोरोनाका कारण बन्द भएको कलेज अर्को वर्षदेखि सञ्चालनको तयारी भएको बताउनुहुन्छ । पछिल्लो समय विद्यार्थीको पनि यो विषयमा आकर्षण हुन थालेको छ । कोलकत्तामा रहेको नेशनल इन्ष्टिच्युट अफ होमियोप्याथिकले प्रत्येक वर्ष एक जना नेपालीलाई छात्रवृत्ति दिएर एमडी अध्ययन गराउने गरेको छ । विसं २०५७ देखि हालसम्म करिब एक दर्जनले त्यहाँबाट अध्ययन पूरा गरी आएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.