समाज
चितवन,१३ कात्तिक । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ६३७ पुगेको छ । त्यस्तै पछील्लो चौबिस घण्टामा ७ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन्...
दमौली, १३ कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु गरिएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ । पहिलो चरणमा...
फुङ्लिङ, १३ कात्तिक । नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ । पक्राउपर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला...
वीरगञ्ज, १३ कात्तिक । भारतको रक्सौलबाट अवैधरुपमा वीरगञ्जतर्फ ल्याउँदै गरिएको चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना एक किलो ४५ ग्रामसहित भारतीय बीआर२२एसी ४०९९ नंको पल्सर मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका– १...
काठमाडौं,१३ कात्तिक । बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँकेको राप्ती रोनारी गाउँपालिका–९ ढकेरी बस्ने ३५...
काठमाडौँ, १३ कात्तिक । निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीसम्बन्धी काम सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्थाअनुरुप आयोगले...
सोलुखुम्बु, १३ कात्तिक । सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेपत्ता आरोही छेतेन शेर्पाको खोजीमा खटिएका अन्तर्राष्ट्रिय माउण्टेन गाइड ३४ वर्षीय मन्दिप गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लेक लागेर बिरामी भएपछि शुक्रबार मेरापिकको खारेमा आराम गरिरहेका सङ्खुवासभाका ३४ वर्षीय गुरुङको स्वास्थ्य अवस्था...
काठमाडौँ, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपतिबाट त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गर्नुभयो । मुक्तिनाथको दर्शन भ्रमणका लागि उहाँ आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट...
विराटनगर, १३ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन सरकार प्रतिबद्ध छ भन्नुभयो...
काठमाडौँ, १३ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित...












