सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेपत्ता आरोहीको खोजीमा संलग्न अन्तर्राष्ट्रिय माउण्टेन गाइडको उद्धार


  •    न्युजभित्तो/१३ कार्तिक २०७८, शनिबार १३:१४ 
  • सोलुखुम्बु, १३ कात्तिक । सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेपत्ता आरोही छेतेन शेर्पाको खोजीमा खटिएका अन्तर्राष्ट्रिय माउण्टेन गाइड ३४ वर्षीय मन्दिप गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    लेक लागेर बिरामी भएपछि शुक्रबार मेरापिकको खारेमा आराम गरिरहेका सङ्खुवासभाका ३४ वर्षीय गुरुङको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अक्सिजन दिएर राखिएको थियो । शनिबार बिहान कैलाश एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उहाँलाई लुक्ला ल्याएर निकोलनिकी अस्पतालमा उपचार गरिएको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सो अस्पतालमा स्वास्थ्य अवस्था सामान्य नबनेपछि उहाँलाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरमार्फत उद्धार गरी आज नै काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गराएको छ ।

    स्वास्थ्य अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको उहाँको भनाइ छ । सोलु दूधकुण्ड नगरपालिका– ३ का २९ वर्षीय छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक मेसिनसहित अन्तर्राष्ट्रिय टोली कात्तिक ९ गते मेरापिक क्षेत्रमा पुगेको थियो । उद्धार टोलीले खोजी कार्य जारी राखेको भए पनि बेपत्ता शेर्पाको अवस्था अझै अज्ञात रहेको छ ।

    उक्त टोलीले आइतबार अन्तिम पटक खोजी कार्य गर्ने कम्पनीले जनाएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेरापिक आरोहण सकेर फर्कने क्रममा कात्तिक २ गते शेर्पासहित दुई विदेशी र अन्य गरि १० जना पर्यटक हिउँमा फसेका थिए । उनीहरुलाई दुई दिनपछि माउण्टेन शेर्पाको टोलीले उद्धार गरी खारेमा ल्याएर हेलिकप्टरमार्फत लुक्ला ल्याइएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.