समाज

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
-न्युजभित्तो

इनरुवा(सुनसरी), २३ वैशाख । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद भएको छ । गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार एक जना भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार एम्बुलेन्स चालक विहार सुपोलका १८...

सिमरा सेजका उद्योगद्वारा उत्पादन सुरु
-न्युजभित्तो

वीरगन्ज (पर्सा), २३ वैशाख । सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणमा रहेका उद्योगले उत्पादन थालेका छन् । सरकारले सेजको अवधारणालाई कार्यान्वयनमा ल्याएपछि यहाँ उद्योग सञ्चालनमा आएका हुन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणमातहत ८३३ बिघा जग्गा भए तापनि अहिले ३४३ बिघा क्षेत्रफलअन्तर्गत...

विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
-न्युजभित्तो

भोजपुर, २३ वैशाख । यहाँको हतुवागढी गाउँपालिका–४ खैराङ क्षेत्रमा केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीय नागरिकको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । लामो समयसम्म वैकल्पिक ऊर्जामा निर्भर रहँदै आएका यहाँका बासिन्दा अहिले विद्युत् सेवाको पहुँचमा पुगेका हुन् । स्थानीय तहको पहल...

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु: जिल्ला प्रशासन
-न्युजभित्तो

खोटाङ, २३ वैशाख । जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको...

आहा ! एन्जेलिया
-न्युजभित्तो

इलाम, २३ वैशाख । ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा पुग्नेबित्तिकै पर्यटक लोभिन्छन् । सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय गन्तव्य हो । “सबै फूल एकैपटक...

स्वर्ण जयन्ती मनाउने तयारी गरेको बहिरा बालमाध्यमिक विद्यालयलाई शिक्षण सामग्रीको अभाव
-न्युजभित्तो

सिद्धार्थनगर (भैरहवा), २३ वैशाख । श्रवण शक्ति कमजोर तथा कान नसुन्ने बालबालिकालाई शिक्षा दिने उद्देश्यले रुपन्देहीको भैरहवामा स्थापना गरिएको बहिरा बाल माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाउँदै छ । विशेष शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको विद्यालय अहिले लुम्बिनी प्रदेशकै एकमात्र यस्तो...

पृथ्वी राजमार्गः पश्चिम खण्डमा कालोपत्र सकियो
-न्युजभित्तो

तनहुँ, २३ वैशाख । पृथ्वीराजमार्गअन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा भएको छ । मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)की इन्जिनियर सहनशिला कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटरमा दुई ‘लेन’बाहेक सबैतिर चार लेन कालोपत्र भएको छ । ‘सर्भिस...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति
-न्युजभित्तो

म्याग्दी, २२ वैशाख । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको छ । स्थानीय पूर्वाधार आयोजना पोखराले पात्लेखेतको गहतेचोकदेखि राम्जाली मन्दिर खण्डमा ढलान गरेर सडकलाई पक्की बनाएको हो । विसं २०६६ मा मार्ग खुलेको सडक १६ वर्षपछि...

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
-न्युजभित्तो

काठमाडौँ, २२ वैशाख । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको सवारी जाँचका क्रममा दुई हजार २९३ सवारी चालकलाई कारबाही गरेको छ ।  आज बिहानसम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ११३, राइड सेयरिङमा...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक
-न्युजभित्तो

गण्डकी, २२ वैशाख । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि चैतभित्रमा दुई लाख ५१ हजार १८८ विदेशी पर्यटक भित्रिएका छन् । सबैभन्दा बढी चैतमा ६५ हजार २४२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा कम साउनमा...