सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली


  •    न्युजभित्तो/२३ बैशाख २०८३, बुधबार १२:४२ 
  • भोजपुर, २३ वैशाख । यहाँको हतुवागढी गाउँपालिका–४ खैराङ क्षेत्रमा केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीय नागरिकको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । लामो समयसम्म वैकल्पिक ऊर्जामा निर्भर रहँदै आएका यहाँका बासिन्दा अहिले विद्युत् सेवाको पहुँचमा पुगेका हुन् ।

    स्थानीय तहको पहल तथा सम्बन्धित निकायको समन्वयमा गाउँबस्तीमा विद्युत् लाइन विस्तार गरिएसँगै अधिकांश घरमा केन्द्रीय प्रसारण लाइन जडान गरिएको वडाध्यक्ष चन्द्रबहादुर विष्टले बताउनुभयो । धेरै मिहिनेतपछि वडाको सबै टोलबस्तीमा विद्युत् सेवा पुर्याउन सफल भएको उहाँको भनाइ छ । “वडाका सबै स्थानमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “विद्युत् सेवा विस्तार भएपछि गाउँबस्तीमा सहजता थपिएको छ ।”

    पहिले दियो, टुकी, सोलारजस्ता वैकल्पिक माध्यममा निर्भर रहनुपर्ने बाध्यता रहेकामा अहिले सहजता भएको स्थानीयवासी दीर्गसिं कार्कीले बताउनुभयो । विद्युत् सेवा उपलब्ध भएपछि घरायसी कामकाजदेखि बालबालिकाको अध्ययन–अध्यापनसम्म सहजता भएको उहाँको भनाइ छ । “पहिले अँध्यारोमा बस्नुपर्ने अवस्था थियो, अहिले उज्यालो भएपछि धेरै सहज भएको छ”, उहाँले भन्नुभयो ।

    विद्युत् पहुँच विस्तारसँगै सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा समेत वृद्धि भएको छ । टेलिभिजन, मोबाइल चार्जिङ, इन्टरनेट प्रयोगजस्ता सेवामा सहजता आएपछि नागरिकको जीवनस्तरमा गुणात्मक सुधार आएको कार्कीले बताउनुभयो ।

    यस्तै, विद्युत् सेवाले साना तथा घरेलु उद्योग सञ्चालनमा पनि सकारात्मक प्रभाव पारेको छ । कुटानी–पिसानी मिल, सिलाइ–कटाइ, फर्निचर तथा अन्य उद्यम सञ्चालन गर्न सहज भएपछि स्थानीयस्तरमै रोजगारी सृजना हुने सम्भावना बढेको स्थानीयवासी टङ्कबहादुर दर्जीले बताउनुभयो ।

    विद्युत् पहुँचले स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्रमासमेत सहजता थपेको उहाँको भनाइ छ । विद्युत् विस्तारले स्वास्थ्य संस्थामा आवश्यक उपकरण सञ्चालन गर्न सहज भएको छ भने विद्यालयहरूमा प्रविधिमैत्री शिक्षण प्रणाली लागू गर्ने आधार तयार भएको छ । केन्द्रीय विद्युत् विस्तारसँगै खैराङ क्षेत्रका नागरिकको जीवनस्तरमा आएको सुधारले ग्रामीण विकासलाई नयाँ गति दिएको स्थानीयको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.